धिक्कार छ !

शुक्रबार, फाल्गुन २४, २०७५

- काजल जोशी



अरे ओ !

संकीर्ण सोचरुपी पुरुष,

तिम्रो प्रितिसतात्मक सोचलाइ धिक्कार छ ,
हातमा डिग्री बोकेर पनि अनपढ अपाङ्ग तिम्रो सोचलाई धिक्कार छ।
नौ महिना कोखमा बसी जन्मेउ तिमी जसरि ,
मैने पनि पाइला टेके धर्तिमा त्यसरी
निर्धक्क छाति तानी हिड्दा हुन्छौ तिमि निडर ,
बुझ्दैनौ किन मलाई नि त्यसैगरि हुन्सक्ला रहर।
मैले तिमिसंग तिम्रो कुविचारको लागि बोल्दा ,
बाटोमा हिड्दा सुनिने तिम्रा अप्शब्द बिरुद्ध आवाज निकाल्दा ,
मैले चरित्रवान हुन तिम्रो इच्छा अनुसार जिउनुपर्छ भन्ने
तिम्रो रुढिवाद र बेकम्मा सोचलाई धिक्कार छ ।

ए पुरुष तिमीलाई थाहा छ ?
तिम्रा ति बिना सोच गरेर बोलेका अपशब्दहरुले ,
मेरो गन्तव्यमा कुहिरो लाग्छ ,
मैले देखेका सपनाहरुको शहर सम्म नपुग्दै ,
बिच बाटोमै पहिरो जान्छ ,
तिम्ले सहि गलत नपर्खी आफु जित्न र मलाई होच्याउन प्रयोग गरिने
तिम्रा बेअर्थि बोलबच्चनलाई धिक्कारछ ।
तिम्रो रुढिवादी र बेकम्मा सोचलाई धिक्कारछ ।

ए पुरुष तिमीलाई थाहा छ ?
तिम्रा ति बिनासोच गरेर बोलेका अपशब्दहरुले ,
मेरो गन्तव्यमा कुहिरो लाग्छ ,
मैले देखेका सपनाहरुकोशहर सम्म नपुग्दै ,
बिच बाटोमै पहिरो जान्छ ,
तिम्ले सहि गलत नपर्खी आफू जित्न र मलाई होच्याउन प्रयोग गर्ने
तिम्रा बेअर्थि बोलबच्चनलाई धिक्कार छ ।

हो सत्य हो ,

सिमा र मर्यादामा रहनुपर्छ मान्छेले यहाँ ,
तर हरेक सिमा मर्यादा र जिम्मेवारीको सिक्का छोरि जातको
मात्र हो भन्ने तिम्रो गलत धारणालाई धिक्कार छ ।

त्यसैले त,
हो सक्दिन म तिम्रा बलशाली पाखुरासँग जुध्न ,
चाहन्न पनि तिमी पुरुषलाइ झुकाएर बस्न ,
तर अफसोस प्राकृतिक रुपमै तिमी भन्दा कमजोर नारिमाथि
प्रयोग गर्न सक्ने तिम्रो झुटो मर्दांगीलाई धिक्कार छ ।

चार भित्तामा सिमित म तिम्रै सहयोगबाट बाहिरिए ,
धन्य तिमि जस्तै पुरुषको साथले बाहिरी संसार हेर्ने पाए ,
युग बित्यो बर्ष बित्यो, बित्यो कति समय अनि ,
बल्ल अचेल थाहा पाए आफ्नो हक र अधिकार पनि ,
कुसंस्कार भित्र खुम्चेकी रै’छु ,अन्धविश्वास भित्र लुकेकी रै’छु ,
फर्केर हेर्दा थाहा पाए म तिम्रै कति अत्त्याचार सहदै रै’छु ।

तर बिडम्बना मैले आफ्नै अधिकारको लागि बोल्दा

तिम्लाई मननपरेको तिम्रो संकीर्ण निरङ्कुशसोचलाई धिक्कार छ।

प्रतिउत्तर चाहिन्छ आज नारि कहाँ र कसरि हुन्छ गलत ?
देखेका सपना पुरा गर्न चार भित्ते पर्खाललाइ नाघ्नु हो गलत ।
मेरो आफ्नो पहिचान बनाउने बाटोमा तिम्रा नकारात्मक धारणा नराख भन्नु हो गलत।
तिमी मात्र भनिआएकी मेरो ठाउमा अर्की नल्याऊ भन्नु हो गलत ।
तिम्लाई मबाट चाहिने आदर र सम्मानको केहिभाग समाजबीच मलाई पनि देउ भन्नु हो गलत ।
म घरबाट निस्किदा आफ्ना जघन्य अपराधको सिकार नबनाऊ भन्नु हो गलत ।
अथवा,
मलाई संस्कार रुपी पिजडा र आदर्शरुपी बन्धनमा नराख भन्नु हो गलत ।
मैले आफ्नो लागि चालेका हरेक कदमहरु गलत लाग्ने तिम्रो नकारत्मक बिचारलाई धिक्कार छ ।

सायद तिमि जस्तै संकीर्ण सोच पुरुषले कहिले सोच्ने प्रयासनै गरेनौ, त्यसैले सुनआज
इतिहास बोल्दछ तिमी पुरुष नहुदा मैले एक्लै घर धानेकी ,
बुवाआमा आफै बनि छोराछोरी पालेकी ,
तर तेही नारीको मृत्युपश्चात तिमी पुरुष, नारी जिम्मेवारी लिन सक्दैनौ
मात्र छ महिना नपुगी अर्की नारी नभित्र्याई रहन्नौ ।

फेरी पनि तिमि पुरुषले
नारि हुदा नहुदाको फरक छुट्याउन नसक्ने तिम्रो अमानवीय प्रवृतिलाइ धिक्कारछ ।
खेदलाग्छ तिमि र तिम्रो नारि प्रतिको बुझाईप्रति ,
जसले कयौ साहसी छोरिहरुको गन्तव्यलाइ त हराउन सक्दैन ,
तर कठैबरा भन्न त तिम्री ति चेलीहरु प्रति लाग्छ ,
जसलाई तिम्रै अभद्र व्यवहारले अघि सर्न दिदैंन , त्यसैले
तिमि पुरुषले बनाएका अनुसाशन र संस्कार रुपीबन्धनलाई धिक्कारछ ।

यो सत्य पनि होइन
हो यो असत्य हो तिमि महान होइनौ ,
तिम्रै संघर्षको परिणाम हो मेरो सुन्दर परिवार पनि,
तिम्रै बलशाली पाखुराको नारी सुरक्षाको आधार पनि ,
तिमि पुरुष नै हो नारि हिम्मत र साहशको एकमात्र उदाहरण पनि,
तर छोरी जातलाइ जन्म देखि मृत्युसम्म गरिरहने विभेदरुपी
तिम्रो संस्कार, मर्यादा अनि शिक्षालाई धिक्कार छ।

अरेओ !

संकीर्ण सोचरुपी पुरुष ,

तिम्रो प्रितिसतात्मक सोचलाइ धिक्कार छ ,
हातमा डिग्री बोकेर पनि अनपढ अपाङ्ग तिम्रो सोचलाई धिक्कार छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata