तीज मनाउन कैलाली र कञ्चनपुरका महिलाहरु कालो सारीमा

बुधबार, भदौ २७, २०७५

काठमाडौं  । देशभरीका महिलाहरु रातो सारीमा वा लुगामा तीज मनाउन शिवालय मन्दिरमा देखादा कैलाली र कञ्चनपुरका महिलाहरु कालो सारीमा देखिएका छन् ।

कञ्चनपुर र कैलालीका महिलाहरुले आज बलात्कार विरुद्ध कालो तीज मनाइरहेका छन् । यस वर्ष बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएको र निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै महिलाहरुले यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाएका हुन् ।

बलात्कार, हत्या, हिंसालगायतका अपराधिक क्रियाकलापका कारण यस वर्ष प्रदेश नम्बर ७ मा तीजको रौनक खासै देखिएको छैन ।

455 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank