कैलाली बम विस्फोट: घाइते राम सिंहको मृत्यु

शुक्रबार, साउन ३, २०७६



कैलाली । सुदूरपश्चिम प्रदेशस्थित कैलाली जिल्लामा बिहीबार बेलुका शक्तिशाली बम विस्फोट हुँदा  घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । विस्फोटमा बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको हो ।

कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुँदा घाइते भएका अन्यको अवस्था समेत गम्भीर रहेको छ । धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन्  ।  उनीहरुलाई शरीर जलेको  अवस्थामा  अस्पताल पुर्याइएको थियो ।

bisfot_Fn2rwtdo82

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो । उनको पहिचान खुल्न बाँकी रहेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata