प्रहरी हिरासतबाट दुई भारतीय फरार

मङ्लबार, साउन २८, २०७६



काठमाडौं । प्रहरी हिरासतमा रहेका दुई जना भारतीय नागरिक फरार भएका छन ।
इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको ताला ताेडेर दुई भारतीय थुनुवा फरार भएका हुन ।

फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका उनीहरु डिउटीमा रहेका सुरक्षाकर्मी सौचालय गएको मौका छोपी हिरासत कक्षको ताला तोड्दै फरार भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata