आत्मघाती हमलामा ५०को मृत्यु, ८३ घाइते

बुधबार, मंसिर ५, २०७५



काबुल । अफगानिस्तनको राजधानी काबुलमा गए राती भएको आत्मघाती हमलामा ५० को मृत्यु भएको छ भने, घाइतेको संख्या ८३ नाघेको छ ।  ठूलो संख्यामा इस्लाम धर्मका विद्धानहरु भेला भएको स्थानमा गराइएको विस्फोटको हाल सम्म कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् ।

काबुलका प्रहरी प्रमुखको प्रवक्ता बसिर मुजाहिदले भने, विस्फोटमा पर्ने पीडित धार्मिक विद्धानहरु थिए । उनीहरु पैंगम्बर मोहम्मदको जन्म दिन मनाउन ठुलो संख्यामा भेला भएका थिए । अफगान राष्ट्रपति अशरफ घानीले घटनाको निन्दा गर्दै उक्त घटनालाई इस्लामी मुल्य र पैगम्बरको अनुयायी माथी गरिएको हमला बताए ।

अफगानिस्तानमा नोभेमबर महिना मात्र ८ वटा बम बलास्टका घटना घटिसकेको छ । हाल सम्म १५० को मृत्यु भइसकेको सरकारी स्रोतले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata