विस्फोटक पदार्थ बोकेको कार बिस्फोट: ३४ जनाको मृत्यु, ६८ जना घाइते

मङ्लबार, असार १७, २०७६



एजेन्सी । दक्षिण एसियाली मुलुक  आफगानिस्तानको राजधानी काबुलमा  हिजो(सोमबार) बिहान एक शक्तिशाली बम बिस्फोट भएको छ । विस्फोटमा परि ३४ भन्दा बढी व्यक्तिकोमृत्यु भएको छ भने कम्तीमा ६८ जना घाइते भएका छन् ।

विस्फोटक पदार्थ बोकेको एक कार राजधानी काबुलमा विस्फोटन भएको हो । विस्फोटमा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि आक्रमणरीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए । सोही स्थानमा सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहानसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर घेरा हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिवानीले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank