कावुल घटनामा परि मर्नेको संख्या ८० पुग्यो

बुधबार, जेष्ठ १७, २०७४



काठमाडौं । अफगानिस्तानमा बुधवार भएको बम विष्फोटनमा परी मर्नेको संख्या कम्तिमा ८० पुगेको बताइएको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको विष्फोटमा परी ३ सय ५० जना घाईते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अफगान अधिकारीहरूका अनुसार राजधानी काबुलको केन्द्र भागमा जर्मन दूतावास नजिकै कार बम विष्फोट भएको थियो । यो पछिल्ला धेरै महिनापछि भएको सबैभन्दा ठूलो विष्फोटन भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments