विवाहस्थलमा बम बिस्फोट, कयौं मारिएको आशंका

आइतवार, भदौ १, २०७६



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले जनाए  अनुसार यस हमलाका कारण कयौं व्यक्तिको मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको रिसेप्सन हलमा आफूलाई बिस्फोटक पदार्थले उडाए । यो हमला शहरको शिया बहुल इलाकामा भएको हो ।

प्रत्यक्षदर्शीले बीबीसीसँगको कुराकानीमा आफूहरुले घटनास्थलमा थुप्रैको शव देखेको बताएका छन् । सोसल मिडियामा सार्वजनिक गरिएका विभिन्न तस्बिरमा घटनास्थलबाहिर महिला विलाप गरिरहेको देख्न सकिन्छ ।

अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata