मुटु हैन देश हल्लाउने कविता र यी कविताका नेपाली युवा सर्जकहरु

मङ्लबार, अशोज २४, २०७४

loading...


नेपालमा यस्ता लुके छिपेका अनगिन्ती साहित्यकार पनि छन् ,जो एक्ला एक्लै आफ्ना साहित्य रचना सृजना गर्छन् । उनीहरुका हरेक शब्द शब्दमा देश,समाज,शिक्षा,वेरोजगारी,राजनिति र समसामयिक विषयप्रतिको तिखो क्रन्दन लुकेको हुन्छ । जब एउटा युवाले आँखै अगाडी एक शशक्त घटना घटेको देख्छ ,तब त्यसलाई उसले कुनै न कुनै माध्यमबाट सञ्चार गरी सम्बन्धित घटकसम्म पुगाउने प्रयास गरेको हुन्छ । भावनाले देश हल्लाउने यी साहित्यीक मन भएका युवाहरुलाई आज राज्य देख्न नसक्दा अगाडी बढ्ने कुनै पथ भेटिदैन । आज हामीले सामाजिक सञ्जालमा निकै चर्चित कविता यहाँहरु समक्ष ल्याउने प्रयत्न गरेका छौं ।

छोरो पाउने आशमा
यो कविताका झापा लेखक निरज दाहाल हुन् ,उनका कवितामा समाजको यथार्थ चित्रण छ । उनी यस कवितामा समाजको अन्धविश्वास प्रतिको तिखोवाण छेड्दछन् ।

1

डाक्टर
लगातार तीन छोरीको बाबु भएको छ
अब कसरी पत्याउँ
यो समाज शिक्षित छ भनेर !
दिनभर
मानवता र नैतिकता
पढाएर घर फर्किदै गरेको शिक्षक
गाउलेले
बाटोमा एक बृद्धलाई
लछार पछार पार्दैगर्दा

मलमुत्र खुवाउन अघि सर्छ भने
यो समाज कसरी शिक्षित छ ?
कार्यलयको
हाकिम र पियन
सगै कार्यलय जादैछन्
अचानक ! बिरालोले बाटो काट्छ
पियन वास्तै नगरी अघि बढ्छ
तर
हाकिम एकछिन रोकिएर थु..गर्दै हिड्छ भने
अब कसरी पत्याउने
देशले विकासको गति लिदैछ भनेर ?
सय जनाको लास छोए
स्वर्ग पुगिन्छ रे !
तर
आज सम्ममा
आर्यघाटमा लास पोल्नेले
कतिवटा लास छोइसक्यो होला ?
मलाई एकचोटि
न्यायाधीशलाई सोध्न मन छ
अदालतको कठघरामा उभिएकी
महिनावारी भएकी महिलालाई
वकिलले
गीता छुन दिन्छ कि दिदैन ?

राजधानी र राहादानी
नवलपरासीका डि एल घिमिरे परदेशमा बसेर स्वदेशभित्रका दुखहरुलाई कविता मार्फत ब्यक्त गर्छन् ।

2
बाले
भाइ बहिनीको
विद्यालयको शुल्क तिर्न बाँकी राखेर
आमाको पेटको ओखति किन्न थाति राखेर
आफ्नै लागि
दाह्री फाल्ने दुई रुपैयाँको ब्लेड नकिनेर
हिजो मात्रै
कोदो बेचेर आएको
बीस हजार थमाउदै
राजधानी पठाए राहादानी बनाउन ।
बाका आखाँमा
मप्रति कत्रो विश्वास थियो
उनलाई लाग्दो हो
छारो राजधानी गएर राहदानी बनाएपछि
खाडीको तातो घाममा पग्लेर भएपनि
भाइ बहिनीको बिद्यालयको शुल्क
आमाको पेटको उपचार
अनि बाका लागि
दाह्री फाल्ने जिलेट ब्लेड
सके घरमा टिनको छानो हाल्ने इच्छा हुँदो हो !
जसरी चुसिरहेको छ
खाडीको तापले युवाहरुको उमेर
उसै गरि राजधानीले
राहादानी बनाउने निहुँमा
मेरा बाहरुका
पसिना पिई रहेछ
र चुसिरहेछ उनीहरुको श्रम ।।।
कपाल चामले भैसक्यो
अनुहारमा चाउरिएका रेशाहरु
आँखा धमिलो हुँदैछन्
सम्झदै बाको अनुहार
उसै गरि धमिला भए
जसरी आमाका आँखा रसाएका थिए
म हिड्ने बेला ।
मलाई कति विश्वास थिएन
राजधानीले सहजै राहादानी बनाईदेला
र मेरा बाका सपनाहरुमा
मलजल गरेर हुर्काउँला
दूर कालिकोटबाट
राजधानी र राहादानी
अनि बाका सपनाहरु उस्तै लाग्छन्
पर क्षितिजको काला बादल जस्तै ।

कर्म (शार्दूलविक्रीडित)
लेकम गाउँपालिका –०२, दार्चुलाका धर्मानन्द भट्ट छन्दमा लेख्न रुचाउने नव सर्जक हुन् ।

3
मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह
माछाले दिनरात दुस्ख नभनी खेल्दै छ पौडी दह ।
चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी
सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।
०१
मान्छे कर्म गरी न मर्छ बरु त्यो कैले नमर्ने हुने
खाए झैं खिचडी भरिन्छ मन यो राम्रा कुरा नै सुने ।
ढुङ्गा फल्छ बुझे यहाँ हर कुरा फल्नेछ हाम्रो घर
अल्छीसाथ बसे कुनै बखतमा फल्दैन केही तर ।।
०२
हावा चल्छ यहाँ मिनेट नबसी घुम्दैछ धर्ती पनि
जो बग्नेछ सधैं नबिर्सिकन नै त्यो लक्ष भेट्नेछ नि ।
आफ्नो कर्म बुझेर त्यो गगनका तारा उज्यालो दिने
मान्छेले घर खेत यो जगतमा कर्मै गरेरै किने ।।
०३
छोडे बग्न नसा बुझौं रगतले जानेछ मान्छे मरी
माटो कर्म भुले धरा मनहरू रुन्छन् नि सुक्नेगरि ।
छोटो आयु बुझी छँदै दिनदिनै औंला सबैले गनी
आँखा,कान मिलेर कर्म गर है आन्द्रा भुडीले पनि ।।
०४
मान्छे हो बुझ भागमा इलमिलो माछा र मासू हुने
अल्छी बोल्छ बढी र काम नगरी यी आँसु झारी रुने ।
पृथ्वी छोप्न भनेर दौडिरहने त्यो सूर्यलाई तर
भाग्ने भाग्छ बरू म कर्मपथको कैले नभाग्ने पर ।।

बरु म नजन्मिएकै भए हुन्थ्यो !
साहित्य र पत्रकारितामा रुचि राख्ने बिराटनगका स्थानिय बासिन्दा दीपक कट्वाल नैना उपन्यासका लेखक समेत हुन् ।

4
खाली खुट्टा माथी गरुङ्गो भारि बोकेर
आफ्नै गरुङ्गो दुई जिउको शरीर लिई
हिंड्दै गर्दा
सुत्केरी ब्याथाले च्यापेकी मेरी आमाले
मलाई जन्माएकी
त्यति बेलै हो
रगतले लतपत भएको मेरो धमिलो आखाले
मेरी आमाको कष्टकर अनुहार देखेको ।
म जन्मदा
जन्माउदै गर्दाका उनका पीडाहरु
खुसी बनेर साटिएका थिए अरे
मेरी आमाको अनुहारमा।
त्यति बेलै हो
मेरा कलिला औलाहरुले
मेरी आमाको ममता महसुस गरेको।।
मलाई ठ्याक्कै थाहा छैन
म सानो छदा
छानाबाट चुहिदै गरेको पानी छल्न
मलाई त्यो दैलोको कापमा सुताउँदै गर्दा
मेरो छोरो ठूलो मान्छे हुन्छ भनेर
उनले कतिपल्ट भनिन होला ?
हरेक बर्ष जब दशै आउथ्यो
पल्लो घरमा खसी काटी रहदाँ
पुलुक्क मेरो अनुहार हेर्दै
उनी भक्कानिएर मुर्छा पर्ने गर्थे
जसरी
मेरा बाले म जन्मनु अगाबै
मेरी आमा माथि सौता हाल्दा
बक्कानिएर मुर्छा परेकी थिइन ।
त्यो दशै
जब मेरी आमाले मलाई
टीका लगाउनु अगाडि
मेरा बाको बाटो हेरिरहेकि हुन्थिन।
जसरी
पुरानो लुगा लगाएर
आफ्ना बाले किनिदिएको
नयाँ लुगा लगाएका साथिहरुलाई
म हेरि रहेको हुन्थे।।
तर आमा
आज म सहरका गल्लिहरुमा
तिम्रै रक्तकेसिकाबाट बनेको शरिरले
आफ्नै सपना बेचेर
आफै मात्र छाक टार्ने गर्छु।।
तिमीले आधापेट खाएर
मलाई अघाउँदा पनि
अब अन्तिम गाँस भन्दै कोच्याएको
सम्झनासम्म नगरी
हरेक दिन
आफैलाई खुसी खोजिरहेछु।।
तिम्रो आखै रसाएर चुहिने आँसु
अझै उसैगरी बगिरहदाँ
तिम्रै रगत पोतिएर बनेका
मेरा आँखाहरुले
तिमीलाई बिर्सिसकेछन।।
मलाई हरेकपल पर्खिरहेकी
तिमीलाई भेट्न जुर्ने गर्छन मेरा थोरै समयहरु।
तिमी अझै उसैगरि
दुस्ख संग समय साटिरहदा
तिम्रै रगतले बनेको म
तिम्रो भार थेग्न नसक्ने हुदा
कहिले काहित लाग्छ आमा
बरु म नजन्मिएकै भए हुन्थ्यो !!

“कारागार ”
प्रवासमा रहेर पनि साहित्यमा निकै सक्रिय छन् लक्की ऋतीक नेपाल ।

5
घरमा आउने बित्तकै
मेरो हात च्याप्प समाएर
हतकडी लगायो,
मेरो कपाल समातेर
घिसार्दै गर्दा
मैले भनेँ
मलाई कहाँ लगिदै छ ?
चुपलाग् सबै मामाघर गएपछि
थाहा पाउँछस् !
बटुवाहरूले हल्ला गरेको
गाँई गुईँ सुनियो ।
त्यसलाई त क्रान्तिको कविता लेख्दा
मामाहरूले समाए

खिस्स हाँसेर भनेँ
अरे !
वाहा मेरो देश
कोही मान्छे मार्नेहरू छाती फुलाएर हिडिरहेछन्
म भने कविता लेखेकै कारण
कारगार जानु पर्ने !

550 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank