जी ४ एस तालिवानी आक्रमणमा ११ नेपाली सहित २७ घाइते

शुक्रबार, मंसिर १४, २०७५



काबुल । अफगानिस्तानको काबुल स्थित अंजुमन बेसको ढोकामा कार बम पड्काउँदै भवन भित्र प्रवेश गर्ने तालिवानी विद्रोहीको प्रयासलाई ब्रिटिस सुरक्षा टीमले असफल बनाइदिएको छ ।

ब्रिटिस बुहराष्ट्रिय कम्पनी जी ४ एस अफगानिस्तानमा ब्रिटिस दुताबासको सुरक्षामा खटेको छ । गत राती भएको उक्त तालिवानी आक्रमणमा ५ ब्रिटिस, ११ अफगान, ११ नेपाली समेत अन्य ७ घाइते भएको जनाएको छ ।

जी ४ एस बेस काबुलको अंजुमन सिक्योर बिजनेश पार्कमा रहेको छ । जुन २६ हजार बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । घटनाको बारेमा अफगानिस्तानको गृहमन्त्रालयको प्रवक्ता नजीव डेनिसले भने, तालिवानी बिद्रोहीले बम र बन्दुक पड्काउँदै रातको समयमा आक्रमण गर्दा ठुलो नोक्सानी भएको हो ।

घटना पछि त्यहाँ ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने घाइतेहरुको उपचार नजिकको अस्पतालमा भइरहेको जनाइएको छ ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank