कागले ल्याएको दशैं

एक बेरोजगारी युवाको कथा

बिहिबार, अशोज १२, २०७४

loading...

- प्रताप ओली



 नेपालको पश्चिम क्षेत्र पाखो जमिन केही अन्न फल्दैन । सधैको पिरोलो त्यही आँङ ढाक्न र पेट पाल्न । जन्मेका सन्तान सबै अशिक्षित र बेरोजगार हुन्छन् । सधैको राजनितिक अस्थिरता ,जब जब चुनाव आउँछ ,भोट हामीलाई भन्दै ठुला ठुला सपना देखाएर जान्छन् ,जितपछि आफ्नै भोज र खोज गर्दा रहेछन् । नरेन्द्रले धेरै मेहिनत गरि गाउँ नजिकैको बालबिकास उमाविबाट एसएलसी (एसइई) परिक्षा दियो । वुवा अरुको काम गर्ने ,दारकाठ चिर्ने काम गर्थे । कस्तो बिडम्बना ! नरेन्द्र भन्दा पछाडी फेरी ४ भाईबहीनी थिए । उनीहरु पनि नरेन्द्रसँगसँगै पढ्दै अनि उमेरगत हिसाबले बढ्दै थिए ।

गरिबसँग त अरु केही नभएपनि सन्तान मात्रै बढी हुँदा रहेछन् । असारको महिना थियो । नरेन्द्रले एसएलसी (एसइई) परिक्षा प्रथम श्रेणीमा पास गर्यो । पढ्न मन औधी थियो ,उसँग वुवा उमेरले छिप्पिदै वृद्ध भईसकेका थिए ,भाईबहीनी पनि राम्रै पढिरहेका ,के गर्नु जेठो छोरा आयआर्जनको बाटो थिएन । नरेन्द्रले जिल्ला प्रशासन कार्यलयबाट पासपोर्ट बनाएर मलेसिया जाने निधो बनायो । घरको सबै बाध्यताले जानैपर्ने नै बाध्यता उसको अगाडी खडा भयो । केही महिनापछि पासपोर्ट आयो ,जानेवेला घरमा रुवाबास चल्यो ।

नरेन्द्र पनि रुँदै काठमाडौंतिर लाग्यो । काठमाडौं त विरानो थियो नरेन्द्रका लागि । न्यास्रो न्यास्रो लागिरहेको काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नरेन्द्र जहाजमा उड्यो मलेसियाका लागि । जुन विमानस्थलबाट नरेन्द्र जस्ता प्रत्येक दिन एक हजार देखि पन्ध्रसयसम्म युवा जनशक्ति कामको खोजीमा मलेसिया, कतार लगायतका खाडी मुलुकका देशहरुमा जाने गरेको सरकारी तथ्याङ्कहरुले देखाउँछन् ।

जिन्दगीको लेखाजोखा थिएन नरेन्द्रका लागि । जब मलेसियामा पुग्यो  त्यो गर्मी , त्यी काला काला अजिव मानिसहरु ,के काम गर्ने ? यस्तै यावत कुराले नरेन्द्र अक्कमक्क पर्यो । फेरी मलेशियामा धेरै नेपाली लुटिएका छन्,मारिएका छन् तर त्यही  रणभूमिमा काम गर्नुपर्ने नरेन्द्रका लागि बाध्यता थियो । एउटा घर निर्माण गर्ने कम्पनीमा नरेन्द्रले काम सुुरु गर्यो । काम गर्न धेरै कठिन थियो । ठुलो महल निर्माण गर्न फलामको टेकामा ज्यान अड्काउनुपथ्र्यो ,त्यहाँबाट खसेपछि मानिसको एक टुक्रा भेट्टाउन गाह्रो थियो । तरपनि त्यो जोखिम मोल्नै पर्ने बाध्यता नरेन्द्रका अगागि आईलागेको थियो । दिन ,हप्ता र महिना बिते नरेन्द्रले ३५ हजार नेपाली तलब पाईरहेको थियो । कहिलेकाँही फोन गथ्र्यो ,आफु नखाएर भएपनि घरमा पैसा पठाईराखेको थियो ।

घरमा भाईबहिनी पढिरहेका ,आमावुवा पनि खुसी थिए । छोराको परिश्रमले त्यो परिवारलाई केही अमनचयन वा सन्तुष्टि मिलिरहेकै थियो । यसरी नै काम गर्दा गर्दै नरेन्द्र २ वर्ष मलेसियामा चरम दुख पाएरै कटायो । घरमा फोन गर्दा सबै ठिकै छ ,त्यता हेर्नु भनेर शान्तवना बाँड्थ्यो । कहिलेकाँही भाईबहिनीसँग फोनमा बोल्दा रोएरै कुरा गथ्र्यो । यस्तै डेढ वर्ष बित्दै थियो ,घरमा फोन गरी म अव चाँडै फर्किन्छु है अामा ,म चाँडै फर्किन्छु वुवा भनेको थियो । घर जाने ती सुखी दिनको परिकल्पना गथ्र्यो । गाउँ फर्केपछि एक सानो धुँवारहित घर बनाउँछु । सानोतिनो होटेल थापेर व्यापार गरी घर खर्च चलाउँछु ,उ यस्तै यस्तै आफुभित्रै कल्पना गथ्र्यो ।

लगभग पाँच लाख कमाएर घर पठाएको थियाे नरेन्द्रले । उ घर फर्किनजम्मा पाँच दिन थियो । कम्पनीको काम गर्न कोठाबाट गएको थियो ,यस्तै ५ बज्दै थियो । कम्पनीको ११ तलामा कम्परमा बेल्ट कसेर कम्पनीको रङ् लगाईरहेको थियो । एकाएक आवाज आयो । नरेन्द्रभन्दा माथि पनि १० –१२ जनाको समुहमा कम्पनीकै काममा व्यस्त थियो । आवाज सुन्न नपाउँदै कम्पनिको आधा भाग ढल्यो , नरेन्द्र काम गरिरहेको तला पनि भताभुङ्ग भएर ढल्यो । अव त्यति माथिबाट कम्पनीको आधा भाग भासिएपछि सबै कामदार कम्पनीसँगै भुँईतर्फ विलिन भए ।

वेलुका नरेन्द्रको साथि कोठामा पुग्यो तर नरेन्द्र छैन । केहीवेर त आउँछ कि भनेर बसिरह्यो तर नरेन्द्र आएन । के भयो होला ? कहाँ गयो होला भन्दै नरेन्द्र खोज्दै कम्पनीसम्म पुग्यो सारा कामदार भेला भएका छन् । आधा कम्पनी भाँसिएको छ । जताततै रगत बगेको, ढुङ्गा माटो,मान्छे सबै मिसीएका । विचार नरेन्द्रको साथि डाँको छोडेर रोयो । लामो समयसम्म त्यही कम्पनी अगाडी बसिरह्यो ।

साँझ छिप्पिदै थियो ,आँसुहरु रोकिएनन् । राति कोठामा पुग्यो । खाना खाएन । नरेन्द्र विना उसलाई कति न्यास्रो लाग्दो हो । प्रदेशको ठाउँ ,वावु भनेपनि आमा भनेपनि दुवै साथि एक अर्काका परिपुरक थिए । अव नरेन्द्रको घरमा कसरी फोन गर्ने ,फोन त गर्ने तर के भनेर गर्ने ? घर जान भनेर खुसी थियो विचरा …….! भोलिपल्ट यता नरेन्द्रको घर आँगनमा एउटा कालो काग आएर नराम्रो आवाज निकाली कराई रह्यो । दशैं आउनै लागेको छ ,यो काग किन कराईरहेकोकविता यसलाई धपाउ त ! नरेन्द्र वुवाले भने काग एकछिन उडेर फेरी सोही ठाउँमा आएर कराउन थाल्यो । हैन !केही नराम्रो त हुँदैन बुढा ? यो काग किन यसरी कराई रहेछ ।

त्यसपछि नरेन्द्रका वुवा नरेन्द्रको आमाको कुरामा जोड दिँदै भने आ जे सुकै होस् । नरेन्द्र राम्ररी आए हुन्थ्यो ,अरु हामीलाई के मतलव ? नरेन्द्र कमाएर दिईपछि केही उज्यालो छाईरहेको थियो त्यो घरमा । दशैंमा सबैलार्य नयाँ लत्ता कपडा ल्याएर आउँछु ,वावा भनेको नरेन्द्रले । तर सोचेजस्तो नहुनी रहेछ ,साँच्चै गन्तव्यमा पुग्नै भरोसा नहुने यो मानवको चोला नरेन्द्रले बनेका रङ्गिन सपना पुरा गर्न सम्म पनि पर्खेन । विचरा नरेन्द्र आमावुवालाई थाहै थिएन । छोराले यो संसार छोडेर भगवानको प्यारो भईसक्यो भनेर ? कागलाई बेसरी धपाउने त्यी अवोध आमावुवालाई के थाहा त्यो काग नरेन्द्रको खबर पुर्‍याउन आएको भनेर ?

काग उडेका दुई घण्टा बित्नै आँटेको थियो ,मलेसियाको नम्बरबाट नरेन्द्रको बहिनी कविताको मोवाईलमा घण्टी बज्यो ,वावा फोन आयो ,दाईको जस्तो छ ,लिनु ,कुरा गर्नु ,म फुलमा पानी राख्छु ,तपाईले बोलेपछि दाईसँग म बोल्छु है दाईसँग भन्दै कविताले आफ्ना वुवाको हातमा मोवाईल दिईन । नेरन्द्र वुवा फोन समात्छन्, हेलो को हो नरेन्द्र । तर फोनमा आवाज आउँदैन । लेउ त कविता फोनमा आवाज आएन भन्दै वुवा फेरी फोन कवितालाई दिन्छन्, कविता पढे लेखेकी नरेन्द्र पछाडिकी बहिनी हो । कतिताले के भयो ? भन्दै फोन समात्छिन् , फोन कोही सानो स्वरमा रोए जस्तो आवाज कविताले सुन्छिन् , दाई हो ? किन रोएको मेरो प्यारो दाई मेरो धेरै माया लागेर हो ? भन्दै दाईलाई फकाउने प्रयास गर्छिन् । तर त्यहाँ नरेन्द्र नभएर नरेन्द्रको साथि बोल्दै थियो । नरेन्द्रको साथि ,‘बहिनी फलानो के छ खबर आरामै भन्दै रोएको आवाज आयो ।’ कविताले ,‘अँ हामी त आरामै छौं तर तपाई किन रोएको ? खोई नरेन्द्र दाई ? यस्तै कुरा गर्दा गर्दै नरेन्द्रको साथिले विस्तारै अकमकाउँदै भन्यो बहिनी नरेन्द्र ….नरेन्द्र । कविता, ‘ अँ भन्नु न मेरो दाई कहाँ छन् ? त्यसपछि वुवाआमालाई नभन्नु भन्देै सारा वृतान्त नरेन्द्रको साथिले कवितालाई सु्नाउँछन् , फोनको लाउड स्पिकर थियो ।

कविताले सुन्ने वित्तिकै वुवाआमाले पनि सुनिसकेका थिए । कविता बोलिरहेकै थिईन तर कविताका वुवा बसेकै ठाउँमा ढल्छन् । कविता पनि आँसु पुछ्दै फोन राख्ने प्रयासमा हुन्थिन रुदै कविताकी आमा नरेन्द्रका वुवा ,नरेन्द्रका वुवा भन्दै डाँको छोडेर रोएका आवाज सुनिन्छ । कविता हत्तपत्त फोन राख्दै दगुरेर वुवा भन्दै रुँदै ढलेका वुवालाई उठाउन खोज्छिन, उठाउने वेलामा कविताले वुवाको मुखबाट रगत देख्छिन् । हे भगवान यो के दशा आईलाग्यो ? भन्दै सारा परिवारमा कोलाहट मच्चिन्छ । पहिलेदेखि नै नरेन्द्रका वुवा उच्च रक्त्त चापका विरामी थिए । नरेन्द्रका वुवालाई अलिकति पनि तनाव हुने वित्तिकै हृदयघात हुनसक्ने र हृदयघातले ज्यानै जानसक्ने डाक्टरले यसअघि नै जानकारी गराएका थिए । हतार हतारमा कविता ,कविताकी आमा र भाई मिलेर अस्पताल पुर्याउँछन् ,तर नरेन्द्रका वुवाले पनि स्वास फेर्न छाडिसकेका थिए । डाक्टरले उनले पनि यो संसार छोडेको कुरा बताउँदा सबै जना झन जोडले रुन्छन्…………….. ।

नरेन्द्र जस्ता र नरेन्द्रका परिवार जस्ता दुखी कति छन् कति यो नेपालमा । बेरोजगार कामदारकै नाममा खाडी मुलुकहरुमा ‘थ्री डि’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौं युवाहरु संलग्न रहेका छन् ।

कतारमा गएको तीन वर्षमा कम्तीमा चार सयजना नेपालीहरुको ज्यान गएको विवरण सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमै चासो र चिन्ता व्यक्त गरिएको छ ।

खास गरी घरेलु कामदारको रुपमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुले शारीरिक, मानसिक तथा बलात्कार जस्ता जघन्य हिंसाको पनि शिकार बन्नु परेको छ ।

नेपाल छाडेर जान लागेका युवायुवतीहरु देशभित्रै रोजगारी उपलब्ध नभएकाले वाध्य भएर चर्को गर्मीमा काम गर्न विदेश जानु परिरहेको बताउँछन् ।

तर देशभित्रै रोजगारी सिर्जना गर्नेबारे भने खासै काम भएको देखिँदैन । नेपालको श्रम बजारमा बर्षेनी कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झण्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि खासै दबाब नपरेको जानकारहरु बताउँछन् ।

राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा पनि राम्रो संग नचल्नु, बन्द हडताल तथा विद्युतको अभावजस्ता कारणले पनि रोजगारी सिर्जना हुन नसकेको ठानिन्छ ।

त्यसकालागि विद्यालय तह देखि नै सीपमूलक शिक्षाको व्यवस्था गरी श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

447 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv