आर्मीले चुम्यो खप्तड गोल्डकपको उपाधि

सोमवार, माघ १, २०७४



काठमाडौं । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५-४ ले हराएको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुके ।

आर्मीका विवेक बस्नेतले विनिङ गोल गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments