मैदीमा जीप दुर्घटना, चालक सहित १४ जना घाइते

बुधबार, साउन २९, २०७६



धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । साविकको मैदी गाविस( वडा नं. ३ मैदी अमराई हटिया)मा मङ्गलबार दिउँसो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् ।

Image may contain: 1 person, sitting

जिल्ला सदरमुकाम धादिङबेसीबाट मैदी जादैँ गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जिप ग्राभेल सडकको उकालोमा ब्रेक फेल भइ दुर्घटना भएको हो ।

Image may contain: tree, plant, sky and outdoor

घाइतेमध्ये ६ जना गम्भीर रहेको घटनास्थलमा उद्दारका लागि खटिएका स्वयमसेवक किरण कुमार श्रेष्ठले बताएका छन् ।

Image may contain: tree, plant, grass, outdoor and nature

दुर्घटनामा घाइते भएका सबैलाई उद्दार गरी जिल्ला अस्पताल धादिङ ल्याइएको छ । उद्दारका लागि स्थानीय प्रहरी र रेडक्रसकर्मीहरु घटनास्थल पुगेका थिए । दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले  बताए  ।

दुर्घटनामा गम्भीर घाइतेहरु :

१. वीर बहादुर, मैदी १ छापथोक
२. प्रति विश्वकर्मा, मैदी ३ उखुबारी
३. लोक बहादुर सामरी, मैदी १ कमेरे
४. मिलन परियार, मैदी ३ कोटथोक
५. बालमाया रानामगर, मैदी १ कमेरे
६. मनमाया पुलामी, मैदी १ कमेरे

अन्य घाइते :

७. सन्ध्या परियार, मैदी ३ कोटथोक
८. लक्ष्मी श्रेष्ठ, मैदी २ बतासे
९. मञ्जु श्रेष्ठ, मैदी ३ माथिल्लो हटिया
१०. कोपिला श्रेष्ठ, मैदी ३ हटिया
११. पौष तिवारी, मैदी २
१२. रिजन श्रेष्ठ, मैदी ३ माथिल्लो हटिया
१३. विष्णु श्रेष्ठ, मैदी ३ माथिल्लो हटिया
१४. गोपाल बहादुर नेपाली, चालक

No photo description available.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata