सभापति ज्वालाको अर्थमन्त्रीलाई ठाडो प्रश्न ‘सुन तस्कारीमा संधै किन भरिया मात्र समातिन्छन् ?’

loading...

मङ्लबार, पुस २६, २०७३



काठमाडौ । संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले सुन तस्करीमा संधै भरिया मात्र किन समातिन्छन् भन्दै अर्थ मन्त्री कृष्णबहादुर महरालाई ठाडो प्रश्न गरेका छन् ।

समितिको आज बिहान बसेको बैठकमा सभापति ज्वालाले सुुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको भन्दै मन्त्री महरालाई प्रश्न गरे ‘ सुन तस्करीमा संधै भरिया मात्र समातिन्छन्, मालिक कहाँ जान्छ ?’

उनले त्रिभुवन अन्तराष्ट्रि विमानस्थल र विभिन्न नाकाबाट ठूलो परिमाणमा भइरहेको सुन तस्करीप्रति कडा आपत्ती समेत जनाए ।

सभापति ज्वालाले पछिल्लो समय बढेको सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको बताए । उनले बैठकको सुरुमै भने, ‘हाकाहाकी सुन तस्करी कसरी भो ? यो राष्ट्रिय लज्जाको विषय हो ।’

उपप्रधान तथा अर्थमन्त्री महरा, नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल पनि उपस्थित बैठकमा सभापति ज्वालाले संधै भरिया मात्र समातेर उम्कन नमिल्ने बताए ।

बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री महराले सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको बताए । उनले तस्करीमा ठूलै संगठित गिरोह लागिपरेको भन्दै यसको सञ्जाल थुप्रै ठाउँमा रहेको पनि दाबी गरे ।

गत विहीबार अन्तराष्ट्रि विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको थियो । विमानस्थलको सुन तस्करी प्रकरण छानबिन गर्न भन्सार विभागले पाँच सदस्यीय समिति बनाइसकेको छ ।

नेपालमा उच्च राजनीतिक तथा प्रशासनिक तहमै रहेका व्यक्तीहरुको संलग्नतामा सुन तस्करी बढेको समितिको बैठकमा बोल्ने सांसदहरुले आरोप लगाएका थिए ।

2624 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom