१३ जना जुवाडे पक्राउ

आइतवार, बैशाख २९, २०७६



काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले शनिबार महानगरपालिका-१ मैत्रीनगर स्थित पर्साका श्याम कुमार वि.कले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अबस्थामा नगद ११ हजार ६० सहित काठमाडौं चन्द्रागिरी नगरपालिकाका १५ का नवराज विश्वकर्मा सहित ४ जनालाई पक्राउ गरेको छ ।

त्यस्तै गरी सोही समयमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका-९ सिनामंगल स्थित लोक बहादुर प्रधानले संचालन गरेको फर्निचर उधोगमा जुवातास खेलिरहेको अबस्थामा फर्निचर संचालक लोक बहादुर प्रधान सहित ९ जनालाई पक्राउ गरेकाे जनाएकाे छ ।

उनीहरुबाट ७ बुक तास, नगद १ लाख १ हजार ३ सय ५० रूपैया सहित पक्राउ गरेको छ । दुबै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank