कनिष्ठलाई न्ययाधिस नबनाउने प्रधानन्यायाधिसको अडानपछी अनिश्चित बन्यो न्यायाधिस नियुक्ती

बिहिबार, पुस २८, २०७३

loading...


काठमाडौ । केही दिनदेखी लगातार बस्दै आएको न्याय परिषद् बैठकमा कस्तालाई न्यायाधिस बनाउने भन्ने विषयमा सहमती नजुटेपछी न्यायाधिस नियुुक्ती अनिश्चित बनेको छ ।

न्याय परिषद्को बैठकमा प्रधानन्यायाधिस सुशिला कार्कीले कनिष्ट र क्षमता नभएका कानुुन व्यवसायीहरुलाई पार्टीको कोटामा न्यायाधिस बनाउने प्रस्ताव ठाडै अस्वीकार गरिदिएपछी उच्च अदालतमा तत्काल न्यायाधिस नियुक्त हुने सम्भावना कमजोर रहेको कानुुन व्यवसायीहरु बताउँछन् ।

स्रोतका अनुसार पार्टीको कोटामा कनिष्ठ कानुुन व्यवसायीहरुलाई पनि उच्च अदालतको न्यायाधिस बनाउन कानुन मन्त्री अजयशंकर नायक र प्रधानमन्त्रीका तर्फबाट परिषद सदस्य बनेका पदम वैदिकले दवाव दिएपछी प्रधानन्यायाधिस कार्कीले त्यसलाई ठाडै अस्वीकार गरिदिएकी हुन । मन्त्री नायकले परिषद् सदस्यहरुलाई ६/६ जनाको दरले न्यायाधिस भागवण्डा गर्न गरेको प्रस्ताव पनि अस्वीकार गरेकी छिन ।

उनले पार्टीको कोटा भन्दा पनि सक्षम, वरिष्ठ, सार्वजनिक छवी निर्माण गरेका कानुुन व्यवसायीलाई मात्र न्यायाधिस बनाउनुपर्ने अडान लिएकी छिन ।  नियुक्त हुनुुपर्ने ८२ जना न्यायाधिस मध्य एमालेलाई निषेध गरेर काँग्रेस, माओवादी केन्द्र, राप्रपा र परिषद सदस्यहरुले भागवण्डा गर्ने कानुन मन्त्री र वैदिकको प्रस्तावमा प्रधानन्यायाधिस कार्की, परिषद सदस्य रामप्रसाद सिटौलाले सहमती राखेका छन् ।

प्रधानन्यायाधिस कार्कीले यसअघि एमालेले प्रकाश राउत र अनिल सिन्हालाई सर्वोच्चको न्यायाधिस बनाएको भन्दै एमाले निकट कानुन व्यवसायिहरुलाई निषेध गर्न नहुने बताएकी छिन । उनले मीरा ढुुङगाना जस्ता कानुन व्यसायीहरुलाई जसरी पनि न्यायधिस नबनाए आफुले बैठक पर सार्ने बताएकी छिन ।

परिषद सदस्य समेत रहेका सर्वोच्चका  वरिष्ठ न्यायाधिस बैद्यप्रसाद उपाध्यायले उमेर हदका कारण शुक्रबार अवकाश पाउँदै छन् । त्यसपछी वरिष्ठताका आधारमा परिषद् सदस्य बन्ने गोपाल पराजुलीसंग कार्कीको सम्बन्ध राम्रो नभएका कारण न्यायाधिस नियुक्ती अनिश्चित बन्ने खतरा रहेको परिषद्का एक सदस्यले बताए ।

स्रोतका अनुसार प्रधानन्यायाधिस नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माका ज्वाई सोम सापकोटालाई उच्च अदालतको न्यायधिस बनाउन प्रधानमन्त्रीको दवाव स्वीकार गर्ने पक्षमा कार्की छैनन् ।

543 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv