राति बाहिर निस्कनुहोस् । विशाल ग्रह ‘बृहस्पति’लाई नांगो आँखाले हेर्नुहोस् ।

बुधबार, जेष्ठ २९, २०७६



एजेन्सी । राति बाहिर निस्कनुहोस् । ताराहरुमध्ये चम्किलो र केही ठूलो तारालाई देखिनेछ । त्यो बृहस्पति ग्रह  हो । यस  महिना विशाल ग्यासीय पिण्ड बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । सौर्य मण्डलको सबैभन्दा ठूलोग्रह  यो समयमा नांगो आँखाले नै निकै स्पष्ट देख्न सकिन्छ । नासाले अन्तरिक्ष प्रेमीहरुलाई पृथ्वीको अत्यन्त नजीक आएको विशाल ग्यासीय पिण्ड बृहस्पति र त्यसका उपग्रहलाई हेर्न आग्रह गरेको छ ।

यसलाई नांगो आँखाले स्पष्ट हेर्न सकिन्छ । जुन १० मा पृथ्वी, बृहस्पति र सूर्यको ठीक बीचमा आइपुगेको नासाले बताएको छ । अर्थात् बृहस्पति पृथ्वीको अत्यन्त नजीक आएको छ । यसलाई राति धेरै बेरसम्म आँखाले स्पष्टसँग देख्न सकिन्छ । यस्तो दृश्य देख्ने अवसर यस महिना भरि पाइने नासाले बताइएको छ ।

बाइनोकुलर र साना टेलिस्कोपको सहायताले यसलाई अझै स्पष्ट देख्न सकिन्छ । बृहस्पतिका चार ठूला उपग्रह पनि यस समय स्पष्ट देख्न सकिने नासाले उल्लेख गरेको छ । त्यस्तै, ग्रहलाई गोलाकारमा घेरिरहेको बादलका केही संकेत पनि देख्न सकिने नासाको भनाइ छ ।

यदि प्रकाशको प्रदूषण कम भएको स्थानमा रहने हो भने यो महिना बृहस्पतिका उपग्रहहरुलाई बाइनोकुलरको सहायताले अन्य समयको भन्दा स्पष्ट देख्न सकिनेमा नासाले जोड दिएको छ ।

यदि बृहस्पतिको अवलोकन गर्दा मिस्टर ह्यांकेलाई देखियो भने हात हल्लाउन नभुल्न समेत आग्रह गरिएको छ ।

mr. hanke in jupeiterको लागि तस्बिर परिणाम

नासाको अन्तरिक्षयान जुनोले गत जनवरीमा खिचेको तस्वीरमा बृहस्पतिमा बादलहरुको थुप्रोको आकृति एक धारावाहिक एनिमेटेड चलचित्र मिस्टर ह्यांकेका प्रमुख पात्र मिस्टर ह्यांकेजस्तै देखिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata