जुम्लाको तापक्रम माइनस १० डिग्री

शुक्रबार, पुस १८, २०७६



काठमाडौँ । मौसम परिवर्तन भएसँगै कतै हिमपात त कतै वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रका अधिकांश जिल्लामा हिमपात भइरहेको छ । हिमपातकाे कारण जनजीवन अत्यन्तै कष्टकर बनेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित उच्च हिमाली भेगका डाडाहरु सेताम्मे भएका छन् । हिमपातका कारण जुम्लाको तापक्रम माइनस १० डिग्री सेल्सियसमा झरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षा र हिमपातका कारण तापक्रम माइनसमा झरेको हाे ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।तापक्रममा माइनस डिग्रीमा झर्नुका साथै  पाँच फिटसम्म हिउँ परेको छ । अत्यधिक चिसाेका कारण विद्यालयहरू बन्द गरिएका छन ।  जुम्लामा पनि अत्यधिक हिमपात भइरहेकाे छ ।  तापक्रममा माइनस १० डिग्रीमा झरेको सडकहरुमा हिउ जमेर यातायात आवतजावतमा कठिनाई भएको छ । जसकाे कारण जनजीवन प्रभावित भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जनाइएकी छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments