जुम्लाको गोठीचौर १ मा एमालेको सम्पूर्ण टीम विजयी

सोमवार, जेष्ठ १, २०७४

loading...


जुम्लाको गोठीचौर गाउँपालिकाको वडा नम्बर १ मणिसाँघुमा नेकपा एमालेको सेट विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका गणेश ऐडि, महिला सदस्यमा कुसुलामु रोकाया, दलित महिला सदस्यमा दिलमाया कामी, वडा सदस्यमा गोरख बस्नेत र खुल्ला सदस्यमा प्रेमवहादुर लामा विजयी हुनु भएको छ । ऐडिका प्रतिद्धन्द्धी माओवादि केन्द्रका मेघराज लामालाई पराजित गर्दे ऐडि वडाध्यक्षमा विजयी हुनु भएको हो । ऐडिले ३ सय १ मत प्राप्त गर्नु भएको छ भने प्रतिद्धन्द्धी लामाले १ सय ७२ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका नन्दवहादुर ऐडिले ९० मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा माओवादि केन्द्रका देविकि लामालाई पछि पार्दे नेकपा एमालेका कुसुलामु रोकाया विजयी हुनु भएको छ ।

विजयी रोकायाले २ सय ८३ मत प्राप्त गर्नु भएको छ भने पराजित हुनु भएका लामाले १ सय ५५ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका लालकलिले १ सय ७ मत प्राप्त गर्नु भएको छ । दलित महिला सदस्यमा नेकपा एमालेका दिलमाया कामी विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी माओवादि केन्द्रका लालकोषा कामीलाई पराजित गर्दे दिलामाया कामी विजयी हुनु भएको हो । दिलमायाले २ सय ७८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्द्धी लालकोषले १ सय ६४ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो । नेपाली काँग्रेसका दलित महिला सदस्य सुनकली कामीले ८८ मत प्राप्त गर्नु भएको छ । वडा सदस्य सिंगलमा नेकपा एमालेका गोरख बस्नेत विजयी हुने भएको छ ।

18301 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv