कोरोना फैलिन नदिन जुम्लामा तीन दिनसम्म निषेधाज्ञा

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी पछिल्लो समय नेपालमा तिब्र गतिमा फैलिएको छ ।  कर्णाली प्रदेशमा समेत कोरोना भाइरस तिब्र गतिमा फैलिएसँगै जुम्लामा तीन दिन सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सम्भावित उच्च जाेखिम न्यूनिकरणका लागि अत्यावश्यक काम बाहेक घर बाहिर ननिश्कन   जिल्ला प्रशासन कार्यालय जुम्लाले अनुराेध गरेकाे छ । साथै अाैषधी पसलहरू बाहेकका पसलहरू पूर्ण रूपमा बन्द गर्न समेत अाग्रह गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाबाट जारी विज्ञप्ति

940x380-निषेधाज्ञा(1)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments