पाँच दिन देखि अबरुद्ध जुफाल विमानस्थल सुचारु

सोमवार, माघ २८, २०७५



डोल्पा । भारी हिमपातका कारण पाँच दिन देखि अबरुद्ध डोल्पाको एक मात्र जुफाल विमान स्थल संञ्चालनमा आएको छ । भारी हिमपातका कारण अबरुद्ध बनेको विमान स्थलको हिउँ हटाईपछि विमानस्थल सुचारु भएको हो ।

गत बुधबार देखि अबरुद्ध बनेको जुफाल विमानस्थलमा जमेको हिउँ करिब एक सय भन्दा कामदार लगाएर हिउँ हटाइएको थियो । विमनास्थलको धावनमार्गको हिउँ फालिएसंगै सोमवार निजी एयरलाइन्सका तारा एयर र सुमिट एयरले पाँच ओटा उडान भरेका छन् ।

विमानस्थलमा १५ इन्च भन्दाबढी हिउँ जमे पछि डोल्पाबाट नेपालगन्ज, सुर्खेत जाने यात्रुहरु अलपत्र परेका थिए।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank