प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता

आइतवार, बैशाख १७, २०७४

loading...


काठमाडौं । सत्तासिन प्रमुख दुई दलले प्रधानन्यायधीश सुशीला कार्कीविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । विभिन्न आरोपहरु लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एक चौथाई सांसदले व्यवस्थापिका संसद सचिवालयमा महाअभियोग दर्ता गराइएका हुन् । कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे महाभियोग प्रस्ताव दर्ता गराएको स्रोतको दावी छ । महाअभियोग दर्ता भएसँगै कार्कीको प्रधानन्यायाधीश पद स्वतः निलम्बन भएको छ । उनको सुरक्षामा दिइएको सुरक्षा फौज पनि फिर्ता भएको छ ।

कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदको हस्ताक्षर गरेका छन् । आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको लगायतका आरोप लगाइएको छ ।

प्रधानन्यायाधीश कार्कीलाई महाअभियोग लगाउन देउवा निवासमा गोप्य छलफल, प्रधानमन्त्री प्रचण्ड सहमत

2032 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank