यस्तो आयो प्रधानन्यायाधीशमा अस्वीकृत जोशीको निर्णय

सोमवार, भदौ २५, २०७५



काठमाडौं । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भएपछि संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत न्यायाधीश दीपकराज जोशीले के गर्लान ? उनले राजीनामा देलाउन या नियमित काम गर्लान ? आम चासो थियो ।

अधिकांशले उनी आफु भन्दा जुनियरलाई प्रधानन्यायाधीश बनाएकोमा राजीनामा दिनेछन् भन्ने अड्कलबाजीगरेका थिए । तर उनले आम मान्छेको अडकल विपरित निर्णय गरेका छन् । उनी मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाहीमा सहभागि हुने भएका छन् ।

उनले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए । संसदीय सुनुवाइ समितिले आफ्नो नाम अस्वीकृत गरेपछि जोशी बिदामा बस्दै आएका थिए । उनीभन्दा पछिल्लो रोलक्रमका मिश्रको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन भएको छ ।

संघीय संसदको सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिले साँझमा मिश्रलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथग्रहण गराएपछि मिश्रले सोमबार साँझ नै सर्वोच्चमा पुगेर पदबहाली गरे ।

195 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank