आज प्रधानन्यायाधीशका विषयमा कस्तो निर्णय आउला ?

सोमवार, साउन १४, २०७५



काठमाडौं । प्रस्तावित प्रधानन्याधीश दीपकराज जोशीको नियुक्तिका बारेमा अन्तिम निर्णय आज हुने भएको छ । अधिकार भएको संसदीय विशेष सुनुवाइ समितिको आज सोमवार बस्ने बैठकले उनको नियुक्तिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिनेछ ।
नाम अनुमोदन हुने सम्भावना धेरै छ तर छानविन गहिरो गरि भइरहेको छ। परेका उजुरीका बारेमा बिहीवार जोशीलाई बोलाएर छलफल गरे पनि निर्णयका लागि आईतवार राखिएको बैठक दोस्रो पटक सारिएको हो।

जोशीको शैक्षिक प्रमाणपत्र र उनले विगतमा गरेका केही फैसलाका बारेमा समितिमा उजुरीहरु परेका थिए। कायममुकायम प्रधानन्याधीशका रुपमा काम गरिरहेका र संवैधानिक परिषदले प्रधानन्याधीशमा सिफारिस गरेका दिपकराज जोशीले संसदीय समिति गठन प्रकृयामा भएको ढिलाइका कारण सुनुवाइका लागि लामै समय भएको छ ।

गत बिहीवार सुनवाइ सकिए पछि पनि अन्तिम निर्णयका लागी पनि उनले कुर्नु परिरहेको छ। केही सदस्यको केही फरक दृष्टिकोण भएपनि सहमतिका निर्णय हुने समितिका सदस्इ योगेश भट्टराईले जानकारी दिए । संसदको बैठक र केही सदस्य बाहिर रहेका कारण भन्दै सारिएको बैठक फेरि सोमवार २ बजेका लागी बोलाइएको छ।

सुनुवाइ सकिए पनि सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्याधीश जोशीले दिएका जवाफहरुबाट समितिका सदस्यहरु सन्तुष्ट नभएकाले बैठक पर सर्दै गएको बताउने गरिएको छ। जोशीविरुद्ध सार्वजनिक जग्गा, क्यासिनो र एनसेलको कर छुट लगायतका विषयमा गरिएका विगतका फैसला र दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको जस्ता विषयमा उजुरीहरु परेका थिए।

313 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank