भेनेजुएलाका स्वघोषित राष्ट्रपति ग्वाइदोलाई १५ वर्षको प्रतिबन्ध

शुक्रबार, चैत्र १५, २०७५



काराकास । आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता जुआन ग्वाइदोमाथि १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

ग्वाइदोको आर्थिक विवरणहरू अस्वभाविक देखिएको भन्दै सरकारले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाएको महालेखापरीक्षक एल्भिस अमोरोसोले बताएका छन् । त्यस्तो प्रतिबन्ध भेनेजुएलाको कानुनी व्यवस्था अनुसार सबैभन्दा बढी हो।

ग्वाइदोले गत जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकाका प्रधानमन्त्री डोनाल्ड ट्रम्प, क्यानेदाका प्रधानमन्त्री जस्टिन त्रुदियाउ, ब्राजिलका प्रधानमन्त्री जैर बोलसो लगायत ५० बढी देशको उच्च पदाधिकारीबाट  उनले  मान्यता पाएका थिए।

फ्फ्फ्द

जसले गर्दा त्यहाँ राजनीतिक र मानवीय सङ्‍कट चुलिएको थियो। तर विपक्षी नेता ग्वाइदोले सरकारी निर्णय आफूलाई अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले एल्भिस अमोरोसो महालेखापरीक्षक नभएको समेत दावी गरे । महालेखापरीक्षक नियुक्त गर्न सक्ने शक्ति राष्ट्रिय परिषद्सँग मात्र हुने भन्दै विपक्षी नेता ग्वाइदोले सरकारी निर्णयलाई आफूले अस्वीकार गरेको बताए ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata