कांग्रेसले एमालेका विरुद्ध जति नराम्रो हल्ला फैलाउदै गयो एमाले त्यतिनै शक्तिशाली हुँदै आयोे

पूर्वमन्त्री जेपी गुप्ताले फेरि मुख खोले

बिहिबार, कार्तिक २३, २०७४

loading...


काठमाडौं । २०४८ मा बहुदल पुर्नस्थापना पछिको पहिलो संसदीय निर्वाचनमा काँग्रेसले यस्तै प्रचार गरेको थियो । कम्युनिष्टहरूले मन्दिर भत्काएको, बुढाबुढीलाई श्रम शिविरमा थुनेको प्रतिकात्मक कार्टुन चित्रहरू छपाएर देशभरी नै बाडिएको थियो, टाँसिएको थियो । चक्र बास्तोला, बिरेन्द्र दाहाल र म समेत बाराणसी गएर छापी ल्याएका थियौं ती प्रचार सामग्री । उ बेलाका मतदातामा थोरै भएपनि यसको प्रभाव परेको थियो ।

तर, २०५ सीटको संसदमा नयाँ पार्टी एमालेले ल्याएको सीट संख्यालाई विचार गर्दा त्यस खाले प्रचारको प्रभाव परेको कुरा स्वंय काँग्रेस भित्र पनि मानिएन । मध्यावधि निर्वाचन २०५१ मा पनि काँग्रेसले एमालेका बिरूद्ध यस्तै खाले बुढाखाडा जाकिने, मन्दीर मस्जिद भत्काईने, अधिनायकवाद-सर्वसत्तावादको कुरा गरेकै थियो । तर, एमाले क्रमश: ठूलो पार्टी भएर आयो ।त्यस बखत त प्रथम कम्युनिष्ट सरकार नै बनायो, यद्यपि यसका अरूपनि कारणहरू थिए । मेरो विचारमा एमालेका बिरूद्ध काँग्रेसको त्यस खाले प्रचारको प्रभाव परेन ।

म पनि उपस्थित थिएँ, एक प्रसंगमा गिरिजा बाबुले स्वीकार गर्नु भएको थियो कि, काँग्रेसले जनतामा विश्वव्यापी अनुभवको आधारमा कम्युनिज्मको दुर्गुणहरू पस्कियो, जबकि एमालेले जनताका बीच लोक कल्याणकारी कुरालाई बढी जोड दियो । उहाँले बुझ्नु भएको थियो कि काँग्रेसको समाजवादको मुकाबिला गर्न एमालेले कम्यूनिष्ट नाममा “वेलफेयर स्टेट” को दिशा समातेको छ । हुनत् उ बेला काँग्रेसका अर्थवीद्हरूलाई “वेलफेयर स्टेट” को धारणासंग चिढ थियो, उदारवादी अर्थ नीति वारे बढी लहसिएका थिए उनिहरू । एमालेमा पलाएको यही सोचको प्रतिफल थियोस “बृद्ध भत्ता ।” तर, काँग्रेसले आफुलाई बदल्न चाहेन ।

यतिका बर्षहरू बित्यो(२०४८ देखि २०७४ सम्म समय बगेको छ । आज न स्टालिनको रूस रह्यो, न त माओको चिन नै । म २०४८ यता गत सालसम्म गरी १५ पटक चिनको भ्रमण गरे । बिभिन्न हैसियतमा । चिनमा मैले कम्युनिष्ट पार्टीको शासन नै रहेको पाएँ, तर अलेक्जेन्डर सोल्झेनित्सिनले लेखेको “गुलाग द्वीप समूह” जस्तो चीन छैन । काँग्रेसका धेरै नेताहरू, प्राय: सबैका सबै पटक – पटक चीन गएर डिनरमा “माउथाई” खोजेका होलान् जबकि स्वयं चिनियाहरू जिब्रोलाई रसिलो पारिराख्ने फ्रेन्च ड्राई वाईनमा रमाउन चाहेको भेटिन्छ । रक्सीलाई परित्यक्त वा गाईको रगत सरह ठान्ने रामचन्द्र पौडेलले यो कुरा नबुझे पनि बर्षौंदेखि सर्प डुबाएर राखिएको चिनीया रक्सीको स्वाद लिएका शेर बहादुर देउवा जीले राम्ररी बुझेको हुनुपर्छ कि अबको चिन त्यो चीन होईन, आज चीनमा कहीं कतै श्रम शिविर छैन ।

एक दिनमा ११ वटासम्म वायुसेवा संचालनमा छ, काठमांडू र चीनका शहरहरूका बीच । एक दिनमा कम्तिमा पनि २र३ हजार नेपाली चीन जान्छन् र फर्कन्छन् । गएको अगस्त-अक्टुबर महिनामा मात्र ३०० भन्दा बढी नेपाली केटाकेटीहरू चिनीया छात्रवृतिमा पढन चीन गएका हुन । त्यहाँ हजारौ त छदै छन्( तिनले जान्दछन् कि चीन माओको चीन होईन, जहाँ कुनै बेला ज्यांग चिंग र चार जनाको चौकडीले शासन गरेको थियो । यो काँग्रेसले हेक्का राख्नु पर्ने बिषय हो कि चीनमा अध्ययनरत् केटाकेटीहरूका नव जवान जस्तै बाबु आमालाई देउवा जीको यो भयात्तुर गराउने प्रचारको कति प्रभाव पर्छ ।

नेपालमा नयाँ संबिधान जारी हुने बेलामा भारतले हस्तक्षेप गर्यो । संबिधानको बिषय बस्तु र राज्यको संरचनाका बारेमा दखल दियो । यस कुरालाई प्रायसस् नेपालीहरूले मन पराएनन। प्रधानमंत्री देउवाले आफ्नो पछिल्लो दिल्ली प्रवासमा फेरी पनि मधेसी जनताको चित्त बुझाउने गरी संबिधानमा संशोधन गरिने भन्नु भएपछि नेपालमा तीव्र प्रतिकृया भयो । देउवाले प्रतिरक्षात्मक स्पष्टिकरण नै दिनु पर्यो । मधेस आन्दोलन ताका चीनले दिएको प्रतिकृया वारे मधेसमा तीव्र असन्तोष देखियो, केही ठाममा चीनको झंडा नै जलाईएको समाचार आयो । कुनै देशको शासन सत्ताका वारेमा बिदेशीले नकारात्मक कुरा बोल्दा यस्तो प्रतिकृया आउँछ नै । अमेरिकाले उत्तर कोरियाका वारेमा बोल्दा उत्तर कोरिया सन्केको सबैले देखिनै रहेको छ । स्पेनको क्याटेलोनियाका वारेमा बिदेशी राष्ट्रहरूले हेक्का राख्दै बोलिरहेको हामी सबैले देख्दै नै छौ ।

यस्तो कुराहरू नजरमा हुदाँ हुदै काँग्रेसले यस चुनावमा चीनको शासन व्यवस्थाका वारेमा मुद्दा नै उठाएको छ । काँग्रेसका बुढाखाडा र युवाहरू समेत सबैले अरू केही नपाएर बाम गठबन्धन बिजयी भएमा चीनको जस्तो अधिनायकवादी र सर्वसत्तावादी शासन व्यवस्था आउने एक प्रकारको जेहाद नै शुरू गरेका छन् । नेपालमा लगानी हुने संभावनाको हरेक चिनीया योजनालाई काँग्रेसले बिरोध र शंकाको नजरले हेरिरहेको हुन्छ । वास्तवमा बी.पी. कोईराला र गणेशमान जीहरूले बनाएको चीनसंगको काँग्रेसको विश्वासिले सम्बन्धलाई शेर बहादुर देउवाको काँग्रेसले ध्वस्त पारेको छ ।

सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ ।

सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए । देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपन्थी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फाइदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ । तर, अब आएर आसन्न चुनावमा यो नै नेपाली काँग्रेसको मुख्य चुनावी मुद्दा हुन गएको छ । सबै तिर काँग्रेसीहरूले एउटै भाषा फलाक्दै हिडेको देखिन्छ कि बाम गठबन्धन बिजयी भएमा देशमा अधिनायकवाद र सर्वसत्तावाद आउँछ भनेर ।

यो नेपालमा जहाँ काँग्रस, एमाले वा माओवादीले संसदमा सामान्य बहुमत पनि नल्याई थाक का थाक न्यायधिश बनाउन पाएको छ । तिनीहरू दलका पैगम्बरहरूको पैताला समाउन बाध्य छन् । शत्रु विनासका लागि अयोग्यहरूलाई अख्तियारका प्रमुख बनाउन सक्दा रैछन् । खुलेआम निर्वाचनलाई प्रभावित गर्नका लागि तावेदार सरह निर्वाचन आयुक्तहरू बनाउन सक्दोरैछ । पिपा गोश्वाराका सिपाही सरह प्रहरीका आईजिपी बनाउन पाएका छन यस्तो सिल्ली व्यवस्था तथा अवस्था भएको देशमा बरा एमाले माओवादीले के खान स्टालिनले अभ्यास गरेको साम्यवाद ल्याउनु पर्यो ?

यत्तिकै जन अनुमोदित व्यवस्था तथा संसदलाई नै पंगू दास बनाएर मिलीमिली अधिनायकवाद चलाई रहेको मुलुकमा मरेका सात पुस्ताको चिहानको समेत हविगत बिगार्ने गरी र आउने सात पुस्तालाई संकटमा पार्ने गरी किन यिनले साम्यवाद वा चिनीया शैलीको अधिनायकवाद ल्याउथे होला ! सिल्ली राष्ट्रवादको नारा कै भरमा सजिलै संसदमा बहुमत ल्याउन लागेका एमालेहरू किन चे गुवेराले अर्जे्न्टिनाबाट चिली, इक्वेडोर, कोलम्बिया, भेनेजुएला, पनामा, मयामी सम्मको दुरूह मोटरवाईक यात्रा गरुन् ?

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी(एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ ।

यो मृगमरिचिका सरहको नारा के जनताको दिलमा ठाउँ बनायो त ? धनिमनी, मध्यमवर्गीय, गरिब र युवा तन्नेरीहरूका बीच के आज यो चर्चाले ठाउँ ओगटेको छ कि एमालेहरू जितेमा देशमा तानाशाही आउने छ भनेर ?

अस्ति भर्खरै काँग्रेसले र हिजो एमाले गठबन्धनले चुनावको घोषणापत्र जारी गर्यो । दुई दिन नबित्दै मानिसहरू, पत्रकारहरूले तथ्य सहित लेख्न थालेका छन् यिनीहरूले उही कुरा ०४८ साल देखि भन्दै आएका हुन् । जनताको नजरमा सातादिन पनि नबित्दै लोभलाग्दो चुनावी घोषणपत्र नयाँ बोतलमा पुरानो रक्सी भैसकेको छ । एमालेले आफ्नो घोषणापत्रको प्रभावको मूल्यांकन गर्ला, के काँग्रेसले गर्न चाहेको छ कि जारी गरेको यस साता भित्र उस्को घोषणापत्रका वारेमा जनताको झुपडीमा कति चर्चा भैरहेको छ ? उस्का कति उम्मेदवारहरू पढेका छन् र कतिले निर्वाचन प्रचारमा यस वारे उल्लेख गरिरहेका छन ? कुनै मूल्यांकन गरेको छ काँग्रेस ले ?

काँग्रेस कार्यक्रम भन्दापनि बाउबाजेको प्रारब्धको आधारमा चुनावमा होमिएको छ । घरेलु तथा नेपाली भूमिको यथार्थताको भन्दा बाहिरियाको तुष्टिकरणका लागि चुनावी मुद्दा खडा गरेको छ । लोकतन्त्रको रक्षाका नाममा आज पर्यन्त लोकतन्त्रको आधारभूत मान्यताको खिलाफमा रहेको पंचमांगी तत्वसंग चुनावी गठबन्धन गरेको छ । उसले मधेसमा मधेसी शक्तिहरूसंगै भिड्नु परेको छ ।
गाउँ घरमा भन्छन् नि बाऊको बिहे हेर्नु परेको काँग्रेस यही अवस्थामा पुग्ने जस्तो छ, शेर बहादुर र रामचन्द्रजीको काँग्रेस !

(जयप्रकाश आनन्द गुप्ता, कांग्रेसका पुर्वनेता गुप्ता कुनै बेला कांग्रेसको शक्तिशाली नेता रहेका थिए )

गुप्ताको फेसबुकबाट

2343 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv