नगद ६ लाख ७८ हजार सहित ८ जुवाडे पक्राउ

सोमवार, कार्तिक ११, २०७६



काठमाडौ । प्रहरीले तिहार लक्षित जुवातास नियन्रण अभियान तिब्रर बनाएको छ ।  आइतबार मात्रै राजधानी काठमाडौको महारागञ्जबाट करिब ३ करोड नगद सहित २५ जना जुवाडे पक्राउ गरेको थियो । सोमबार विहान प्रहरी लमही बजारबाट ८ जनालाई पक्राउ गरेको छ। बिहान अन्दाजी १ बजेको समयमा उनीहरुलाई नगद ६ लाख ७८ हजारसहित प्रहरीले पक्राउ गरेको हो।

दाङको लमही(५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरमा जुवा तास र कौडा खेलिरहेका गोप्य सूचनाका आधारमा लमही प्रहरीले रत्न प्रसाद श्रेष्ठ ।जिल्ला दाङ लमही न।पा। ८ बस्ने बर्ष ४१ को प्रकाश खड्का ५५ वर्षीय कर्ण ब। बुढाथोकी सोहि ठाउँ बस्ने
५५ वर्षीय अमर बहादुर तामाङ,५२ वर्षीय भिविराज किरात,३४ वर्षीय खिम पुन,५५ वर्षीय मुकेश चौधरी,४० वर्षीयअशोक कुमार खड्का रहेका छन ।

उनीहरूलाइ लमही-५ लमही बजार बस्ने बर्ष ४८ को रत्न प्रसाद श्रेष्ठको घरबाट पक्राउ गरिएको साथबाट प्रहरीले १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास, कौडा थान(३२ समेत बरामद गरेको छ।

उनीहरूलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्बन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले बताएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata