१ लाख २१ हजार रुपैयाँ सहित १९ जना जुवाडे पक्राउ

बिहिबार, कार्तिक २२, २०७५



कपिलवस्तु । कपिलवस्तुको नगरपालिका वडा नम्बर ८ को दोहनीबाट गए राती प्रहरीले १ लाख २१ हजार नगद सहित १९ जुवाडे पक्राउ परेका छन् ।

राती एक बजेको समयमा दोहोनी चोकको एक चामल मिलबाट उनीहरुलाई जुवाखेली रहेको अवस्थामा नगद सहित पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

तिहारलाई लक्षित गर्दै प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा निगरानी बढाएको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank