पत्रकार र एनजिओकर्मी संसदको सचिव

सोमवार, चैत्र २६, २०७४



काठमाडौं । संघीय संसद सचिवालयमा दुई सचिव थपिने भएका छन् । एकजना पत्रकार र एकजना एनजिओकर्मीलाई सचिवमा सिफारिस गरिएको छ । राष्ट्रपतिले ती नाम अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एक एक जना सचिव नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभामा राजेन्द्र फुयाँलको नाम सिफारिस भएको हो । योगी एनजिओकर्मी र फुयाँल पत्रकार हुन । संविधानको धारा १०६ को १ मा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख र अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ ।

योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । फुँयाल कान्तिपुर दैनिकमा आबद्ध छन् ।

279 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank