आइएफजे को रिपोर्ट- २०१८ मा ९४ पत्रकार मारिए

सोमवार, पुस १६, २०७५



एजेन्सी । इन्टरनेशनल फेडरेसन अफ जर्नालिष्टले सोमबार जारी गरेको रिपोर्ट अनुसार सन २०१८ मा ९४ पत्रकार एवं मिडियाकर्मी मारिए ।  पछिल्ला तीन वर्षमा घट्दै गएको पत्रकार एवंम मिडियाकर्मीको हत्या यो वर्ष फेरि बढ्न पुगेको छ ।

समाचार संकलनको दौरान वा समाचार प्रकाशन गरे वापत मारिएका मिडियाकर्मी र पत्रकारको संख्या सन २०१८ मा सबै भन्दा बढी अफगानिस्तान र कम ग्वाटेमालामा रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टमा जनाइए अनुसार,अफगानिस्तान १६, मेक्सिको ११, यमन ९, सिरिया ८, भारत ७, पाकिस्तान ५ सोमालिया ५, अमेरिका ५, फिलिपिन्स ३ ,इक्वेडर ३, ब्राजिल ३, कोलम्बीया २ ,प्यालेस्टाइन २ र ग्वाटेमाला २ रहेका छन् ।

पत्रकारसँगै सुचना संकलनको दौरान मारिएका ड्राईभर र सुरक्षा अधिकारीलाई अन्यमा राखिएको छ । आइएफजेको रिपोर्टमा जनाए अनुसार सूचीले पत्रकारिता क्षेत्रको सुरक्षा स्थिती अत्यन्त संकटपूर्ण रहेको छ ।

वासिङटन पोष्टका स्तम्भकार एवंम साउदी नागरिक जमाल खसोग्जीको क्रुर हत्याले पत्रकारको वर्तमान सुरक्षा अवस्था उजागर गरेको आइएफजेका अध्यक्ष फिलिप लेउथले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata