जोशीको नाम अस्वीकृत हुने !

बुधबार, साउन १६, २०७५



काठमाडौ  । प्रधानन्यायाधीशका लागि दीपक राज जोशीको नाम अस्वीकृत हुने भएको छ । पहिलो पटक संसदीय सनुवाई विशेष समितिले सिफारिसमा परेका प्रधानन्यायाधीशको नाम अस्वीकृत गर्न लागेको हो ।

आज बस्ने समितिको बैठकले निर्णय गर्नेछ । स्रोतका अनुसार सर्वसम्मत नभए दुईतिहाई बहुमतका आधारमा निर्णय हुनेछ ।  प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न आज बोलाइएको बैठकमा सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले कसरी प्रस्तुत हुने भन्ने छुट्टाछुट्टै रणनीति बनाएका छन् ।

नेकपाले आज निर्णय हुने गरी बैठकमा प्रस्तुत हुने रणनीति बनाएको छ । जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार वा छानबिन उपसमिति बनाउने विकल्पतर्फ लाग्ने कांग्रेसको योजना छ ।

345 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank