१५ र २४ गते मात्र जोर- बिजोर लागू गरिने

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर गर्दै काठमाडौंमा दुई दिन जोर-बिजोर प्रणालीमा यातायात सञ्चालन गरिने भएको छ । १३ औं दक्षिण एसियाली खेलकुल (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै ट्राफिक प्रहरीले दुई दिन जोर बिजोर प्रणाली लागू गर्ने जनाएको हो ।

साग सुरक्षा समितिले विहिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने जानकारी दिए । महानिरीक्षक खनालका अनुसार १५ गते  २४ गते मात्र यो प्रणाली लागू गरिने जानकारी दिएका हुन ।

sag

ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । तेस्रो पटक नेपालमा हुन लागेको साग प्रतियोगिता यहि मंसिर १५ देखी २४ गते सम्म चल्ने भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata