कश्मीर घटनाले तात्दै गरेको पाकिस्तानी राजनीति !

मङ्लबार, साउन २१, २०७६



एजेन्सी । भारत सरकारले जम्मु-कश्मीरका लागि संविधानमा गरिएको विशेष दर्जा गत आइतबार रातिदेखि खारेज गर्ने निर्णय गर्दै अतिरिक्त सुरक्षा फौजलाई परिचालन गर्यो । मन्त्रीपरिषदको बैठकपश्चात गत सोमबार विधान सभामा भारतीय गृहमन्त्री अमित शाहले  संविधानको धारा ३७० लाई केवल एक खण्डको रुपमा जीवित राख्ने प्रस्ताव विधान सभामा प्रस्तुत गरे । विधानसभामा चर्को हङ्गामाको बीच बहुमतले पारित सरकारको प्रस्तावपछी राष्ट्पति रामनाथ कोविन्दको आदेशबाट सोमबार मुस्लिम बाहुल्य जम्मु-कश्मीरको बारेमा पाकिस्तानलेर्को विरोध गरेको छ ।

पाकिस्तानका सबै दलका नेताहरुले एक स्वरमा भारतीय कदमको विरोध गरेका छन् । तिनले जम्मु-कश्मीरसम्बन्धी मोदी सरकारले चालेको नयाँ कदम ‘अस्वीकार्य’ भन्दै यसलाई ‘संयुक्त राष्ट्रसंघ विरुद्ध विश्वासघात’को संज्ञा दिएका छन् ।

धारा ३७० खारेज गर्ने भारत सरकारको निर्णयको विरोध गर्दै पाकिस्तानले भारत एक्लैले जम्मु-कश्मीरको ‘अन्तर्राष्ट्रिय विवादित भूभागको पहिचान’ बदल्न नसक्ने बताएको छ । पाकिस्तानको विदेश–मन्त्रालयले ‘भारत सरकारले लिएको गैरकानुनी कदमको प्रतिरोध गर्न’ आफूहरुले सबै विकल्प प्रयोग गर्ने बताएको छ ।

पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले भारतको उग्रताबारे छलफल गर्न मंगलबार(आज) संसदको संयुक्त सत्रको आह्वान गरेका छन् । यस सत्रले जम्मु-कश्मीरको अवस्थाबारे मूल्याङ्कन गर्नेछ र सरकारले चाल्नुपर्ने कार्ययोजना बारे सुझाव दिनेछ ।

पाकिस्तानी सेना प्रमुख जनरल कमार जावेद बाजवाको अध्यक्षतामा रावलपिण्डीमा हुन लागेको सैनिक कमाण्डर सम्मेलनमा जम्मु-कश्मीरबारे छलफल हुने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मु-कश्मीरको पछिल्लो घटनालाई लिएर भारतीय राजनीति  को चर्को आलोचना अन्तर्राष्ट्रिय जगतसँग विशेष सम्पर्क बढाएका छन् । यसै प्रसंगमा उनले मलेसियाली प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिसँग विशेष कुराकानी गरेको पाकिस्तानी मिडियाले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata