पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवाली बर्खास्त, निधिको दवावमा पोखरेल नियुक्त

loading...

बुधबार, पुस २७, २०७३



काठमाडौ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

उपप्रधान तचथा गृहमन्त्री विमलेन्द्र निधिकोृ दवावमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

यसअघि सरकार गठन हुँदा नेकपा माओवादी केन्द्रले रयोजना आयोगको उपाध्यक्ष र काँग्रेसले प्राधिकरणको सिइओ पाउने सहमती अनुसार डा। पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त  गरिएको एक मन्त्रीले बताए ।

ज्ञवालीको काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले उनीसंग स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले भने सरकारकै असहयोगका कारण काम गर्न नसकिएको स्पष्टीकरण बुझाएका थिए ।

तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो ।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरे पनि सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले त्यससम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि औपचारिकता पाएको थिएन ।

काँग्रेसभित्र सु्शिल कोईराला जीवित रहुन्जेल उनको समुहमा रहेका पोखरेलले शेरबहादुर देउवा पार्टी सभापतिमा आएपछी उनलाई समेत आफ्नो पक्षमा पारेका हुन ।

पोखरेललाई अनावश्यक रुपमा च्यापेको भन्दै काँग्रेस निकट योजनाविद्हरु देउवासंग रुष्ट बनेका छन् ।

1053 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom