स्वास्थ्य उपचारपछि स्वदेश फर्केका नेकपाका वरिष्ठ नेता खनाललाई विमानस्थलमा भव्य स्वागत

सोमवार, साउन २१, २०७५



काठमाडौँ । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका छन् ।

चीनमा स्वास्थ्य उपचार गरेर फर्केका खनाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे ।

खनालले आफू स्वस्थ भएर फर्केको प्रतिक्रिया दिएका छन् । खनालले चीनस्थित अस्पतालमा प्यारा थाइराइड र मृगौलाको स्टोनको अपरेशन गराएका थिए ।

1557 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank