वरिष्ठ नेता खनाल र जापानी राजदूत साइगोबीच भेटवार्ता

शुक्रबार, साउन २५, २०७५



काठमाडौँ । नेपाल कम्यूनिष्ठ पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले द्धिपक्षीय हितका विषयमा छलफल गरेका छन् ।

jn khanal dalllu वरिष्ठ नेता खनाल र जापानी साइगोबीच राजदूतबीच भेटवार्ता

खनाल निवास डल्लुमा शुक्रबार दिउँसो भएको शिष्टाचार भेटवार्तामा नेपालमा जापानी लगानीको संभावना, नेपालको वर्तमान समसामयिक बिषयबस्तु, नेपाल–जापान सम्बन्ध, नेपालको आर्थिक विकासमा जापानको तर्फबाट हुन सक्ने सहयोग, आपसी हित एवं चासोको विषयमा छलफल भएको छ ।

भेटमा खनालका बिदेश मामिला सहयोगी योगेन्द्र बहादुर शाहीको पनि उपस्थिति रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

342 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank