रारालाई सम्झँदा……

बुधबार, बैशाख २७, २०७४

loading...

- जीवन प्रकाश शर्मा



नयाँ वर्ष २०७४ सालमा मनाउने क्रममा यसपटक मुगुको रारा ताल पुग्ने सोच वनायौ । त्रिविमा कार्यरत र सेवा निवृत्त प्राध्यापकहरुको १५ जनाको टोली काठमान्डौं हुदै बुद्ध एयरलाइन्स बाट नेपालगन्ज र नेपालगन्ज हुदै तारा एअरलाइन्स हुदै मुगुको ताल्चा विमानस्थल पुग्न भिजिट कर्णाली ट्राभल्स एवं टुरिजमले व्यवस्थान ग¥र्यो । काठमान्डौं बाट हिडेको दिन वेलुका टोली सकुसल रारा तालमा अवस्थित Hotel Heritage   पुग्यो । नेपालगन्जवाट करीव ३५ मिनेटमा ताल्चा विमानस्थल  पुग्न सकिने हवाई सेवा डाडा काडाको कारणले त्यति सहज भने रहेनछ र डाडाको काखमा वनाइएको पक्की विमानस्थलमा नियमित उडान तालिका नभएका कारणले पर्यटकहरुले विमानस्थल वरिपरि रातहरु बिताउनु पर्ने रहेछ । उडान भर्ने कर्णाली ट्राभल्सले ठेक्का लिएर ब्यवस्थित तालिका वनाएको देखिएन  । फेरि पहाडी धावन मार्गमा जाहाज अवतरण गर्न र उडान भर्दा प्रतिकूल मौसमले त्यतिकै हैरानी हुनुपर्दो रहेछ । सबै परिस्थिती पार गर्दै हाम्रो टोली ताल्चा बिमानस्थल वाट करिब आधाघन्टा सानो जीपमा चढी राराको छेउमा पुग्यो ।  रारा राष्ट्रिय निकुन्जमा पर्ने रारा ताल को सरंक्षण तथा आन्तरिक सुरक्षाको कारणले जीपवाट ओर्लेर रारालाई दाहिने पार्दै आकर्षक दृश्य क्यामरामा कैद गर्दै साझमा करीब २ घन्टाको हिडाइ पछि होटलमा पुगियो । पर्यटकीय दृष्टिले अतिनै अपयुक्त तथा संवेदनशील क्षेत्र र मानिने रारातालको आफ्नै आकर्षण र मैलिकता छ । २९९० मिटर उचाइमा अवस्थित, ५०० मिटर लम्बाई , ३०० मिटर चौडाई र १६७ मिटर गहिराई रहेको रारा तालको १४.६ किमी गोलाई रहेको छ । हिडेर ताललाई फन्का मार्दा करिब ५ घन्टा लाग्दो रहेछ ।

rara2
प्राकृतिक सौन्दर्ताले भरिएको उपत्यकाको वीचमा अवस्थित रारा साच्चिकै रुपमति देखिन्छ । विहानी दिउँसो र साझमा आफ्नो रङ्ग फेर्ने रारालाई हेरिरहदा आफू छुटै संसारमा  रहेको अनुभुति हुदोरहेछ । प्रदुषित वातवरणले कहिल्यै निलो आकाश हेर्न नपाएका हामीहरुले त्यहावाट माथि देखिने निलो आकाश हेर्दा छुट्टै आनन्द हुदोरहेछ । निलो आकाश अनी निलो रङ्गको ताल दिउँसो देखि बिहानी सुर्योदय पूर्व ताल सिरक ओढेर सुतेकोजस्तो देखिन्छ । सुर्यअस्तका वेला तालले आफ्नो रङ्गपरिवर्तन गरी सुनौला रङ्गको देखिन्छ । तालमा थरिथरिका माछाहरु नाचिरहेको देख्न पाइन्छ । तर माछा मार्न पूर्ण प्रतिबन्ध छ । सिङ्गो ताललाईहेर्न मन लग्यो भन्ने होटल हेरिटेज बाट ३ घन्टा पैदल यात्रा उकालो चढेर मुर्मा टप जानुपर्दो रहेछ । विस. २०५९ सालमा मुगुको गमगढी सम्म बाटो खुलेपछि रारा हेर्न पर्यटकको सख्या बढेको स्थानीयहरु बताउछन । रारा पुग्न हवाइ सेवा मात्र नभई नेपालगन्ज वा सुर्खेत वाट जीप तथा मोटरसाइकल वाट पुग्न सकिन्छ । पर्यटकहरुलाई वृद्घि गर्न हवाइ सेवाको नियमित उडान र स्तरीय होटेल ब्यवस्था गर्नुपर्ने देखिन्छ ।  जूम्लावाट पनि रारामा पुग्न सकिन्छ (मौसम अनुसार रारामा पर्यटक हरु आफ्नो ब्यवस्था आफै गनुपर्छ) ।  रारा पुग्ने सबै भन्दा उपयूक्त समय भन्ने वैशाख भएको स्थानीयहरु बताउछ । राराको किनारमा बिचमा अवस्थित २ वटा रिसोटहरु  डाफे र  Heritage ले यात्रु बसाईलाई आरामदायी  वनाउन कसिएर लागेको पाइन्छ ।

रारा वर्षै भरि पुग्न सकिन्छ । जेठ असारामा रारा किनारमा रंगविङ्गका फुल फुल्छन । असोज कार्तिकमा हिमाल खुल्छ । पुस माघमा हिउँ पर्छ र चैत्र वैशाखमा गुराँस फुल्छ ।
हाम्रो टोली वैशाख २ गते वेलुका रारा पुग्यो र पूर्व निर्धारित कार्यक्रम अनुसार Heritage बस्यो । च्याङग्रो मासु र मार्सी चामलको भातले राराको चिसो वातावरणलाई तातो बनाएकोमहसुस भयो । टोलीका सबै सदस्यहरु घुमफिरमा अतिनै व्यस्त भएकाले रारा भ्रमण अत्यन्तै सुखद र अविस्मरणीय रहयो । दोस्रो दिन विहानी रारा ताललाई हरेक दृष्टिकोणबाटक्यामरामा कैद गर्दै अतिनैआनन्द र स्फूर्तिका साथ विताइरहेको टोलीका सदस्यहरु विविध प्रस्तुतिले यात्रा सारै रोमाञ्चित रहयो । राराको बसाईको मात्र तेस्रा दिन विहान रारालाई दाहिने लगाउदै प्राकृतिक दृश्यलाई क्यामरामा कैद गर्दै करिब ३ घन्टा हिडेर हाम्रो टोली पुनः ताल्चा विमानस्थल आइपुग्यो । तर नियमित उडानतालिका नभएका कारणले हामी २ दिन ताल्चा विमानस्थलका होटलहरुमा रात विताउन बाध्य भयौं । टोली बिभाजित भै २ चरणमा तारा एयरलान्स वाट पुन:  नेपालगन्ज हुदै हाम्रो भ्रमण टोली काठमान्डौं आइपुग्यो । टोली सदस्यहरु बीचको आत्मियता र रारा तालको सौन्दर्ता हामीले अतिस्मरणीय रुपमा लिएका छौ । समयले साथ दिदा एक पटक रारा पुग्नै पर्ने ठाउँ रहेछ भने चेतना भया ।

लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।

729 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv