जिम्बाबेमा ५५ वटा हात्ती मरे

मङ्लबार, कार्तिक ५, २०७६



एजेन्सी । जिम्बाबेमा खडेरी र खाद्यान्न अभावका कारण गएको दुई महिना यता ५५ वटा हात्ती मरेका छन् । देशको  ह्वांगे नेशनल पार्कका प्रवक्ता टिनाशे फाराओले भने,‘‘भोकमरीका कारण ती हात्ती मरेका हुन् । यो ठूलो समस्या  भइरहेको छ ।’’

खडेरीका कारण पछिल्लो समय जिम्बाबेमा अनाजको उत्पादन कम हुँदै गइरहेको छ । एक तिहाई जनसंख्यालाई अहिले खाद्यान्न पुगेको छैन ।

गएको अगस्ट महिनामा प्रकाशित विश्व खाद्य कार्यक्रम(डब्ल्युएफपी)को रिपोर्टमा जिम्बाबेमा २० लाख मानिस भोकमरीमा रहेको जनाइएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata