जिम्बाब्वेमा नयाँ राष्ट्रपति

शुक्रबार, साउन १८, २०७५

काठमाडौं । जिम्बाब्वेमा नयाँ राष्ट्रपति चुनिएका छन् । जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी भएका हुन् । जिम्बाब्वेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त प्रिसिला चिगुम्बाले राष्ट्रपतिमा मनांगाग्वा विजयी भएको घोषणा गरेका हुन् । १० राज्यको मतपरिणाम सार्वजनिक गर्दै प्रमुख आयुक्तले मनांगाग्वाको पक्षमा ५० दशमलव ८ प्रतिशत मत खसेको र विपक्षी नेता नेलसन चमीसाको पक्षमा ४४ दशमलव ३ प्रतिशत मत खसेको बताए ।

तर, मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबंधनका अध्यक्ष मोर्गन कोमिचिले यो नतिजा गलत भएको भन्दै खारेज गर्न माग गरेका छन् । यसअघि निर्वाचनका क्रममा जिम्बाब्वेमा भएको हिंसात्मक घटनामा परि ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata