पुरुषको मात्र रहेन जिमखाना

शनिबार, भदौ २१, २०७६



छेउमा बज्दै थियो मधुर सङ्गीत, त्यसैको तालमा कोही महिला नाच्न मस्त थिए त कोही ‘सेटअप’ र ‘पुसअप’ गर्न व्यस्त । सङ्गीतको तालमा कम्मर मर्काउँदा उनीहरू असिनपसिन भएका थिए ।

पुल्चोकस्थित जिमखानामा हरेक बिहान यस्तै दृश्य देखिन्छ । यहाँ व्यायाम गर्न सहरका युवती तथा महिला आउने गरेका छन् । यस्ता जिमखाना अहिले उपत्यकामा विस्तार हुन थालेका छन् । कुनै बेला पुरुषको मात्र पहुँच रहेको जिमखानामा अहिले महिलाको उपस्थिति बाक्लै हुन थालेको छ ।

मोडेल, नायिकादेखि विवाहित तथा बच्चाको आमा यस्ता जिमखाना अर्थात् फिटनेस क्लबमा बढी देखिने गरेका छन् । मिसेस नेवाः २०७४ विजेता रेजिना शाक्य हरेक बिहान फिटनेस क्लब पुग्छिन् । उनी मिसेस नेवाः बन्नुअघि फिटनेस क्लब जाने गर्थिन्।

व्यायामले मिसेस नेवाः बन्न सहयोग पुगेको बताउँदै उनी भन्छिन्, “केही अघिसम्म धेरैको सोच हुन्थ्यो, जिम भन्नेबित्तिकै पुरुष मात्र जाने हो तर अचेल स्वस्थ शरीरका निम्ति व्यायाम आवश्यक छ भन्ने बुझ्न थालेका छन् ।” उनी भन्छिन्, “सुरुसुरुमा फिटनेस सेन्टर जाँदा पुरुषको सङ्ख्या धेरै थियो तर अहिले महिलाको सङ्ख्या पनि बढेको छ । स्वस्थ शरीर र तनावरहित जीवन जिउन कसलाई पो मन लाग्दैन र !”

यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata