एनओसी अध्यक्ष श्रेष्ठ जापान भ्रमणमा

मङ्लबार, पुस २६, २०७३



टोकियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ नेपाली खेलकुद क्षेत्रको विकासका विषयमा छलफल गर्न जापान पुगेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार जापानको टोकोसिमाका गर्भनर कामोन लिजुमीसंग उनको कार्यालयमा भेटघाट गरेका छन् ।

भेटमा टोकोसिमाका गर्भनर लिजुमीले नेपाली ओलम्पिक टीमलाई विशेष प्रशिक्षणका लागि आवश्यक बन्दोबस्त मिलाउने वचन दिए ।

अध्यक्ष श्रेष्ठले मंगलबार नै टोकोसिमा शहरका मेयर सँग बसेको बैठकमा पनि मेयर सुजी युनोले नेपाली खेलाडीहरुको तालिम तथा प्रशिक्षणका लागि सहयोग गर्ने साथै नेपालको खेलकुद विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पनि सहयोग गर्ने वचनवद्धता प्रकट गरे ।
एनओसी अध्यक्ष श्रेष्ठले गर्भनर र मेयर दुबैलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन् ।
उनका साथमा स्पोर्टस अफ अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ पनि रहेका छन् ।

700 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv