सत्तारुढ भाजपालाई ठुलो धक्का, झारखण्डको मुख्यमन्त्रीले दिए राजीनामा

मङ्लबार, पुस ८, २०७६



एजेन्सी । भारतको विधानसभा निर्वाचनको मतगणनाको क्रममा  झारखण्डमा  सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पराजित भएको छ । झारखण्डमा पहिलोपटक लगातार मुख्यमन्त्री रहेका रघुबर दासले पराजय स्वीकार गर्दै सोमबार राति पदबाट राजीनामा दिएका छन् ।

सोमबार प्राप्त नतिजामा भाजपाले २३, कंग्रेससहितको गठबन्धले ४७ र अन्यले ११ सिट जितेका छन् ।  झारखण्डमा सरकार चलाउनका लागि ४१ सिट भए पुग्नेमा कंग्रेस गठबन्धनले ४७ सिट ल्याएको छ ।

झारखण्ड विधानसभा ८१ सदस्यीय रहेको छ । अब झारखण्डमा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।

भाजपा पराजित हुनुमा मुख्यमन्त्री दासको व्यक्तिगत छबि पनि कारक रहेको विश्लेषण भइरहेको छ । यसबाहेक भाजपाको केन्द्रीय स्तरमा चलेका केही कार्यक्रम र केन्द्र तथा राज्य सरकारले गरेका केही निर्णयले पनि भाजपालाई झारखण्डमा असर परेको मानिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments