कन्काई पुलमा भेटिएको प्रेसर कुकुर बम डिस्पोज गरियो

आइतवार, बैशाख २९, २०७६



बिहान ५ बजे पुलमा बम रहेको सार्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।बमका कारण ठप्प भएको पुर्व पश्चिम राजमार्गको सवारी आवतजावत पनि खुलेको छ ।

बम राखिएको खवरपछि ३ घण्टा सवारी साधन वारीपारी गर्न नसक्दा सर्वसाधारण लगायत बिरामी तथा परिक्षा दिन हिँडेका विद्यार्थीहरुलाई समस्यामा परेका थिए  ।

बम राखिएको स्थलमा सुगौली सन्धि मार्फत नेपालले गुमाएको भुमि फिर्ता हुनु पर्ने, २०४६ साल देखि अहिले सम्म विदेशीलाई दिएको अंगिकृत नागरिकता खारेज गर्नु पर्ने लगायतका मागहरु लेखिएको गोर्खा नेपाल जनमुक्ति सेनाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank