छोरीसँगै सुतेकी महिलामाथि धारिलो हतियार प्रयोग, आमाछोरीको अवस्था गम्भीर

बिहिबार, जेष्ठ ९, २०७६



झापा । बुधबार राती झापाको मेचीनगरपालिका – १० धुलाबारीमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ४० वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् ।

आफ्नै घरभित्र ७ वर्षीया छोरीसँगै सुतेकी आरतीलाई मध्यरातमा आएका २ जनाले टाउकोमा धारिलो हतियार प्रयोग गरेको जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए ।

आरतीलाई मध्यरातमा आफ्नै घरभित्र कोठमा धारिलो हत्यार प्रयोग गरेर घाइते बनाएको स्थानीयले बिहान मात्र थाहा पाएका हुन् । घटना भएको बिहान ती ७ वर्षीया बालिका झ्यालबाट कराएपछि स्थानीयले थाहा पाएका हुन् । पछि हेर्न जाँदा बाहिरबाट चुक्कुल लगाइएको भेटिएको स्थानीयले बताएका छन् ।

७ वर्षीया छोरीले घटनबारे जानकारी दिएपछि स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए । घटना भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थलमा पुगेको एसपी मैनालीले बताए ।

घटनामा संलग्न दुई जनामध्ये एक जना अग्लो, सेतो अनुहार भएको र अर्को कालो अनुहार भएको ति बालीकाले बताएकी छन् ।

बालिकाको भनाई उद्वृत गर्दै एसपी मैनालीले आफूलाई पनि घाँटी न्याकेर हल्ला गरिस् भने तलाई पनि यहीँ खुकुरीले काटिदिन्छु भन्दै ममीको पेटमा बसेर टाउकोमा धारिलो हतियारले हानेको प्रहरीसमक्ष बताएकी छन् ।

कोठाभित्र अर्धनङ्न अवस्थामा बिहान भेटिएकी आरतीको कोठाभित्र रक्ताम्य थियो । घर बाहिर एक कोठामा सुत्ने गरेकी आरतीका सासुको कोठामा पनि बाहिरबाट चुकुल लगाइएको थियो ।

आरतीको हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।

घटनाको बिषयमा प्रहरीले सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको र घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्यमा लागेको प्रहरीले जनाएइको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank