समाजवादी क्रान्तिको लक्ष्य समाजवाद होः पूर्वप्रधानमन्त्री खनाल

शनिबार, पुस १२, २०७६



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् । विश्व ट्रेड युनियन महासङ्घले  आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद भएमा मात्र समाज समाजवादतर्फ जाने बताए ।

“अहिले नेपाली समाज स्वतन्त्र पूँजीवादी समाज भएकाले पूँजीवाद समाजको रूपान्तरण गर्ने काम समाजवादी क्रान्तिले नै हो”, पूर्वमन्त्री खनालले भने ।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले राष्ट्रिय पूँजीको विकासको चरणबाटै समाजवादतर्फ जान सकिने बताए । “राष्ट्रिय पूँजीको विकास भनेको यस्तो पूँजी हो जसले रोजगारी सिर्जना गर्छ”, मन्त्री भुसालले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments