आन्दोलन छाडेर मुलुक निर्माणमा जुट्न कांग्रेसलाई वरिष्ट नेता खनालको सुझाव

सोमवार, माघ २१, २०७५



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मुलुक निर्माणमा जुट्न सुझाव दिएका छन् ।

नेता खनालले देश चरम आन्दोलनका कारण  खोक्रो भएको भन्दै आन्दोलन छाडेर रचनात्मक कार्यमा लाग्न सुझाव दिएका हुन् । सोमबार स्वतन्त्र विद्यार्थी युनियन रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त सुझाव दिएका हुन् । उनले स्ववियु निर्वाचन तोकिएकै मितिमा गर्न सरकारसँग माग  गरेका छन् ।

उनले नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले स्ववियु निर्वाचनमा  हार्ने निश्चित  भए पछि स्ववियु निर्वाचन बहिस्कार गर्ने धम्की दिएकाे बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank