पार्टी भित्रको समस्या हल भइसक्यो: नेता खनाल

शुक्रबार, भदौ २७, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र कुनै समस्या नरहेको उद्घोष गरेका छन ।

नेता खनालले विगतमा पार्टी एकिकरणको समयमा सामान्य विवाद देखिए पनि हाल समस्या समाधान भइसकेको दाबी गरे । पार्टीमा फरक एजेण्डा राख्दै असहमति जनाएका अर्का वरिष्ठ नेता माधव कुमार नेपालको असन्तुष्टी रहेको समाचार माध्यममा आएपनि नेता खनालले भने त्यसको बचाउ गरेका छन ।

उनले भने, पार्टी एकिकरणको शुरुवाती समयमा केही असहजता देखा परेको थियो  । हाल समाधान भइसक्यो । उनले ५६ वर्षको क्रान्तिपछि नेपालले संविधान प्राप्त गरेको बताउँदै, त्यसको अध्ययन गर्न नेता तथा कार्यकर्तालाई सुझाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata