ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच झडप,थुप्रै घाईते

मङ्लबार, पुस १९, २०७३

loading...


 ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै घाइते भएका छन् । कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही फरार भएका छन् । करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेको बताइएको छ ।

कैदीबन्दीले नियन्त्रणमा लिएका १२ जना सुरक्षागार्ड पनि मुक्त भएका छन् । घटनापछिको छानबिनका क्रममा कारागारको पर्खालमा हतियार लुकाएर राखेको भेटिएको थियो । ब्राजिल विश्वमै चौथो बढी कैदीबन्दी भएको मुलुक हो । जहाँ ६ लाख कैदीबन्दी छन् । झडप भएको समयमा कारागारमा १२ सय २४ जना रहेको बताइएको छ । कारागारको क्षमता भने ४ सय ५४ कैदी बन्दी राख्ने रहेको छ ।

334 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom