सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ३ प्रहरीसहित १८ घाइते

सोमवार, असार १५, २०७७



सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा ३ प्रहरी र दुवै पक्षका १५ कार्यकर्ता घाइते भएका बताइएको छ ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।

घटना सामान्य भए पनि पछि उग्र बन्दै गएपछि झडपमा परिणत भएको हो।

प्रहरीका अनुसार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै विवाद शुरु भएको हो । दुई सवारी मध्ये एक कांग्रेस र एक नेकपा समर्थित कार्यकर्ताको थियो ।  त्यही विवाद बढ्दै जाँदा राजनीतिक रुपमा झडप भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments