बेरुतमा झडप् हुँदा २० प्रदर्शनकारीहरु घाइते

आइतवार, मंसिर २९, २०७६



एजेन्सी । शनिबार लेबनानको राजधानी बेरुतमा झडप् हुँदा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ । प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो ।

प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ ।

शनिबारको कार्यक्रम बढी हिंस्रक भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री साद अल हरिरीको राजीनामा मागिरहेका छन् । यद्यपि नयाँ सरकार बनाउने सम्बन्धी वार्ता अवरुद्ध हुँदै आइरहेको छ । (बीबीसी लगायत एजेन्सी)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments